प्रधानमन्त्रीले पुनः शपथ खानुपर्ने भनेर रिट हाल्ने वकिललाई 'धम्कीपूर्ण फोन'

काठमाडौँ : प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गर्दा संविधान मिचिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने अधिवक्तालाई धम्की आएको छ । पुनः शपथ ग्रहणको माग राख्दै सोमबार रिट दर्ता गरेका वरिष्ठ अधिवक्ता डा.चन्द्रकान्त ज्ञवालीलाई बुधबार धम्कीपूर्ण फोन आएको हो ।
आफूलाई धम्कीपूर्ण फोन आएको जानकारी डा ज्ञवालीले नेपाल बार एसोसिएसनलाई गराएका छन् । धम्कीको विषयमा इकागजसँग कुरा गर्दै बार ध्यक्ष चण्डेश्वर श्रेष्ठले यो विषयमा सल्लाह गरेर निर्णयमा पुग्ने बताए । बारले यो धम्कीबारे जानकारी पाएको र आवश्यक छलफल गरिरहेकोसमेत अध्यक्ष श्रेष्ठले प्रष्ट पारे ।
'एक जना कोही मित्रले कल गर्नुभयो, चन्द्रकान्त ज्ञावालीको पृष्ठभूमि के हो ? कहिले अधिवक्ता भएको हो ? कहिले वरिष्ठ पाएको हो ? विश्वविद्यालयमा जागिर भएको मान्छेले सरकारकै विरुद्धमा जान हुने हो कि नहुने हो ? भनेर धम्याएको जानकारी मैले पाएँ', उनले भने, 'कहाँबाट यो फोन आएको हो थाहा भएन, यसो हुन नपर्ने हो, संविधानले वकालत गर्ने अधिकार दिएको छ ।'
यो पनि पढ्नुहोस् :
यसकारण भयो ओलीको शपथ असंवैधानिक र विवादास्पद
‘त्यो पर्दैन’मा सीमित गर्ने कि ओलीले दोहोर्याएर शपथ लिने ?
प्रधानमन्त्रीको शपथ ग्रहणविरुद्ध सर्वाेच्चमा तीनवटा रिट, पुनः शपथ लिनुपर्ने माग

लामिछानेलाई अन्याय नहोस भनेर निरन्तर पहल गरिरहेको छुः अध्यक्ष प्रचण्ड

सत्यतथ्य सूचनाले मात्र मिडियालाई विश्वासिलो बनाउँछः मुख्यमन्त्री पाण्डे
_iodjlVg2lU_xm7lpnsqmqvgwyll8jsdg56oskf6pwff06inqp380b1yum0cvhabowj2vfgk_TISTwyYqaZ_9u3chgy303gmg2qlt273bqx2dv5zkmijgbjtgxvhnnealbkrg1qo94nerztf.jpg)
ऊर्जामन्त्री खड्का चीन प्रस्थान

बजेटमा सहभागितामा योजना बनाउने परिपार्टी रोज्नुपर्छः मन्त्री पाण्डे

निर्माण सम्पन्न आधारभूत अस्पताल साउनदेखि सञ्चालनमा ल्याउँछौँ : मन्त्री पौडेल

अध्यागमनमा मापदण्ड र कार्यविधिअनुसार कर्मचारी खटाउन गृहमन्त्री लेखकको निर्देशन

युवाहरु भ्रमित भएमा परिवर्तन र अग्रगमनले गति लिँदैनः प्रधानमन्त्री ओली

प्रतिक्रिया