जाजरकोट भूकम्प : मृत्यु हुनेमा अधिकांश बालबालिका

सुर्खेत- जाजरकोटको रामीडाँडा केन्द्र भएर गएराति गएको भूकम्पमा परी ज्यान गुमाउने अधिकांश बालबालिका रहेको पाइएको छ । रुकुमपश्चिममा ज्यान गुमाएका ३६ जनामध्ये २७ जनाको सनाखत हुँदा १९ जना बालबालिकाको ज्यान गएको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले उपलब्ध गराएको विवरणमा पहिचान भएका २७ जनामध्ये १९ जना बालबालिका छन् । मृतक बालबालिकामा सानीभेरी गाउँपालिका–२ का १२ वर्षीय मनिषा परियार, आठ वर्षीय यमराज पुन, दुई वर्षीय सितम पुन, १० महिने बालक रेजन वली छन् ।
सोही गाउँपालिका–४ का आठ वर्षीय निर्जल चन्दको मृत्यु भएको छ । आठविसकोट नगरपालिका–११ गौरी गाउँका १८ महिनाकी एलिसा कामी, चार वर्षीय आशा कामी, ६ वर्षीय दिया कामी, नौ वर्षीया रिया कामी, १३ वर्षीया सिर्जना कामीको भूकम्पमा परी ज्यान गएको छ ।
यस्तै सोही नगरपालिका वडा नम्बर १२ का १४ वर्षीय रमेश पुन, १३ वर्षीय दिलबहादुर केसी, वडा नम्बर १४ का तीन वर्षीय बासु बुढा, पाँच वर्षीय भावना जैसी, दुई वर्षीय दिपेन जैसी, १३ वर्षीय सरिता विक, १३ वर्षीय मदन गौतमको पनि मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका प्रवत्ता गोपाल भट्टराईका अनुसार सनाखत हुन बाँकी नै रहेकाले कति बालबालिका छन् भन्ने पहिचान हुन बाँकी रहेका जानकारी दिए । रातिको समयमा भुकम्प गएका कारण धेरै बालबालिकाको ज्यान गएको हुन सक्ने बताए ।
शुक्रबार राति ११: ४७ मा जाजरकोटको रामिडाँडा केन्द्र भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो । अहिलेसम्म मृत्यु हुनेको संख्या १ सय २८ पुगेको छ भने डेढ सयभन्दा बढी घाइते भएका छन् ।
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_AvF5wtLu2o_fzd2ff2qkuvtmvjol5oa2olqc1xzxdoiev1buuk1bzsuf3uhxpfnixyfebf7.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

‘स्काभेटर’ दुर्घटनामा दुई जनाको मृत्यु

गाउँपालिकाका उपाध्यक्षद्वारा मदिरा सेवन गरेर कार्यालय तोडफोड

शैक्षिक सत्र सुरु हुनै लाग्दा पनि कर्णालीमा गोदाममै पाठ्यपुस्तक

प्रतिक्रिया