समाज

पाँच तस्बिरमा भूकम्पले ध्वस्त जाजरकोट र रूकुम पश्‍चिम

इकागज |
कात्तिक १८, २०८० शनिबार ७:४५ बजे

जाजरकोटको भेरी नगरपालिका-३ थाप्लेमा भत्किएका घरहरू । तस्बिर : हेमन्त केसी

काठमाडौँ- गएराति ११:४७ मा जाजरकोट केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले ठूलो क्षति पुगेको छ । भूकम्पले जाजरकोट र रूकुमपश्चिममा ७३ जनाको मृत्यु भइसकेको छ । थुप्रै घाइते भएका छन् ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार जाजरकोटमा मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ ।


त्यस्तै  रुकुम पश्चिमका प्रमूख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार जिल्लाको आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा अहिलेसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । 

र, यो पनि


Author

थप समाचार
x