सरकार

भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड जाँदै

उद्धारका लागि हेलिकप्टरबाट औषधिसहित स्वास्थ्यकर्मी पठाइँदै

इकागज |
कात्तिक १८, २०८० शनिबार ७:१२ बजे

फाइल तस्बिर

काठमाडौँ- भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जाने भएका छन् । गएराति ११:४७ बजे जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्नेच्युडको भूकम्पले मृत्यु हुनेको संख्या ७३ पुगिसकेको छ ।

भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री आफैँ जान लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले इकागजलाई जानकारी दिए । घाइतेहरूको तत्काल उद्धारका लागि सुरक्षाका तीन वटै निकाय परिचालन भएको प्रधानमन्त्री प्रचण्डका प्रमुख स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् । प्रधानमन्त्री प्रचण्डले घाइतेको उद्धार एवं राहतमा जुट्न सबैमा अपील गरेका छन् ।


दाहालका अनुसार घाइतेहरूको उद्धारका लागि औषधि , स्वास्थ्यकर्मी र हेलिकप्टर पठाउने तयारी भइरहेको छ ।

भूकम्पले जाजरकोटमा ३७ जनाको मृत्यु भएको पुष्टि भएको सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले बताए । त्यस्तै रुकुम पश्चिमका प्रमूख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार जिल्लाको आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा अहिलेसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । 

र, यो पनि


Author

थप समाचार
x