राजनीति

सहकारी प्रकरण : कार्यदलको बैठक सकियो, के-के भयो छलफल ?

इकागज |
जेठ ८, २०८१ मंगलबार ११:१३ बजे

काठमाडौँ- सहकारी प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक सकिएको छ । आज बिहान कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठक सकिएको हो । 

 संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) बारे कार्यदलमा सहमति जुटेको छ ।


बैठकमा कुनै सहमति नभएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए । 'कसरी समाधान गर्ने भन्ने सहमति भयो' बर्तौलाले भने 'बिषयमा प्रवेश गर्‍यौँ तर निष्कर्षमा पुगिएन् ।'

आजको संसद्‌ चल्ने बर्तौलाले बताए । तर बैठकपछि नेपाली कांग्रेसका जीवन परियारले भने यो नटुंगी संसद्‌ नचल्ने बताए ।

आजै कार्यदलको अर्को बैठक बस्दैछ ।

एमालेका नेतासमेत रहेका कानुनमन्त्री पदम गिरीको नेतृत्वमा चार सदस्यीय कार्यदल गठन गरिएको छ । जसको सदस्यहरूमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र रास्वपाका सांसद शिशिर खनाल छन् ।

 

 


Author

थप समाचार
x