विश्व

बिएमडब्ल्यू, जागुअर र भोल्क्सवागनले प्रतिबन्धित पार्टपुर्जाहरू प्रयोग गरेको खुलासा

इकागज |
जेठ ८, २०८१ मंगलबार ११:४९ बजे

काठमाडौँ- बिएमडब्ल्यू, जागुअर ल्यान्ड रोभर र भोल्क्सवागनले प्रतिबन्धित चीनका पार्टपुर्जाहरू प्रयोग गरेको खुलासा भएको छ ।

अमेरिकामा समेत गाडी उत्पादन गरिरहेका जर्मन कम्पनी बिएमडब्ल्यू तथा भोल्क्सवागनसँगै बेलायती गाडी निर्माता कम्पनी जागुअरले अमेरिकाको प्रतिबन्धित फर्महरुको सूचीमा रहेको आपूर्तिकर्ताले बनाएका पार्टपुर्जाहरु प्रयोग गरेको अमेरिकी कंग्रेसको प्रतिवेदनले जनाएको हो ।


प्रतिवेदनलाई उदृत गर्दै बीबीसीले जनाएअनुसार प्रतिबन्धित चिनियाँ फर्म सिचुआन जिंगवेडा टेक्नोलोजी ग्रुपको पार्टपुर्जाहरू सहित कम्तीमा ८ हजार बिएमडब्ल्यू मिनी कूपर कारहरू अमेरिकामा आयात गरिएको थियो ।

सिचुआन जिंगवेडा टेक्नोलोजी ग्रुपमाथि कामदारलाई जबरजस्ती काममा लगाएको आरोप लगाउँदै अमेरिकाले उक्त कम्पनीले बनाएको पार्टपुर्जा आपूर्तिमा प्रतिबन्ध लगाएको छ ।

जागुअर र भोल्क्सवागनले पनि सिचुआन जिंगवेडा टेक्नोलोजी ग्रुपले बनाएको पार्टपुर्जा प्रयोग गरेको स्विकार गरेका छन् ।


Author

थप समाचार
x