सरकार

१६ जना स्वास्थ्यकर्मी लिएर प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा

इकागज |
कात्तिक १८, २०८० शनिबार ७:२६ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गरेका छन् । आज बिहान प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकप्टरमार्फत जाजरकोटतर्फ लागेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

१६ जना स्वास्थ्यकर्मी, औषधि र आवश्यक उद्धार सामग्रीसहित प्रचण्ड भूकम्प प्रभावित क्षेत्र गएका हुन् ।


घाइतेहरूको तत्काल उद्धारका लागि सुरक्षाका तीन वटै निकाय परिचालन भएको प्रधानमन्त्री प्रचण्डका प्रमुख स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् । प्रधानमन्त्री प्रचण्डले घाइतेको उद्धार एवं राहतमा जुट्न सबैमा अपील गरेका छन् ।

भूकम्पले जाजरकोटमा ३७ जनाको मृत्यु भएको पुष्टि भएको सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले बताए । त्यस्तै रुकुम पश्चिमका प्रमूख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार जिल्लाको आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा अहिलेसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । 

र, यो पनि


Author

थप समाचार
x