अदालत

उपेन्द्र यादवले दायर गरेको रिटको पेसी न्यायाधीश ढुंगानाको एकल इजलासमा

इकागज |
जेठ ७, २०८१ सोमबार १२:१ बजे

फाइल तस्बिर

काठमाडौं - जसपा नेपाल छोडेका अशोक राईसहित ७ सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदा मतदानको प्रक्रियामा र अन्य संसदीय गतिविधिमा पनि रोक लगाउन माग गर्दै उपेन्द्र यादवले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ ।

उपेन्द्रले दायर गरेको रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश प्रकाश कुमार ढुंगानाको एकल इजलासमा पेशी तोकिएको छ । उपेन्द्रले आइतबार रिट हालेका थिए ।


उपेन्द्रले जेठ ८ गते सर्वोच्चले जसपा विभाजन बारे दायर गरिएको रिटको अन्तिम सुनुवाइ हुने र त्यति बेलासम्म सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिँदै जसपा विभाजन यथास्थितिमा राख्न आदेश दिएको उल्लेख गर्दै रिट दायर गरेका थिए ।


Author

थप समाचार
x