समाज

भूकम्पले मृत्यु हुनेको संख्या १२८ पुग्यो

इकागज |
कात्तिक १८, २०८० शनिबार ८:० बजे

काठमाडौँ- शुक्रबार राति ११ बजेर ४७ बजे जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाँदा मृत्यु हुनेको संख्या १२८ पुगेको छ । 

जाजरकोटमा भूकम्पले मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको जाजरकोटका डिएसपी सन्तोष रोकाले बताए ।


भूकम्पमा थुप्रै घाइते भएका छन् । जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार जिल्लाका सबै सुरक्षा अङ्गहरु परिचालन गरिएको छ ।

डिएसपी रोकाका अनुसार भूकम्पमा परेर नलगाड नगरपालिकाको उपप्रमुख सरिता सिंहको पनि मृत्यु भएको छ । भूकम्पका कारण यहाँ विद्युत सेवासमेत अवरुद्ध भएको छ । सडक सञ्चालनमा पनि समस्या भएकाले घाइतेको उद्धार कठिन भइरहेको उनको भनाइ छ ।

यस्तै भूकम्पबाट रुकुम पश्चिममा पनि अहिलेसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । रुकुम पश्चिमका प्रमूख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार जिल्लाको आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा अहिलेसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । 

र, यो पनि


Author

थप समाचार
x