ओलीले एकलौटी गरेपछि संवैधानिक परिषद् बैठकमा सभामुख नजाने, बैठक अन्यौलमा

काठमाडौं : आज बोलाइएको संवैधानिक परिषद् बैठकमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा नजाने भएका छन् । परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले एजेण्डाबारे कुनै जानकारी नगराएको रिक्त संवैधानिक निकायमा नियुक्त गर्नका लागि बनाइएको रोष्टर पनि उपलब्ध नगराएको भन्दै सभामुख सापकोटा बैठकमा नजाने भएका हुन् । सभामुख नजाने भएपछि परिषद्को बैठक नबस्ने भएको बालुवाटार स्रोतले इकागजलाई जानकारी दियो ।
सापकोटाले अध्यक्ष ओली, सदस्य प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा तथा अन्य सदस्यहरुलाई पनि बैठकमा आफू अनुपस्थित हुनेबारे जानकारी गराइसकेका छन् । कांग्रेस नेता रमेश लेखकले सापकोटा नजाने खबर देउवा निवास पुर्याएपछि के गर्ने भन्ने अन्यौलमा कांग्रेस रहेको छ ।
आइतबार बोलाइएको परिषद्को बैठक प्रमुख प्रतिपक्षी दलका नेता देउवा अनुपस्थित भएपछि अध्यक्ष ओलीले स्थगित गरेर आजका लागि बोलाएका थिए । तर, आज सभामुख सापकोटा नजाने भएपछि बस्ने या नबस्ने टुंगो छैन ।
१३ महिनादेखि परिषद्को बैठक नबस्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, मानव अधिकार आयोगलगायतका संवैधानिक निकायमा ४६ प्रमुख तथा सदस्यहरू नियुक्त हुन सकेका छैनन् । दलहरूबीच भागवण्डा नमिल्दा बैठक बस्न नसकेको हो । संवैधानिक अंगमा योग्य, क्षमताभन्दा पनि परिषद्का पदाधिकारीहरूको भागबन्डामा आधारित हुने गरेको छ ।
र, यो पनि
- कोरम नपुगेपछि संवैधानिक परिषद्को बैठक स्थगित
- यसकारण बस्दैन आइतबार बोलाइएको संवैधानिक परिषद् बैठक
- संवैधानिक परिषद् बैठकमा देउवा नजाने
- संवैधानिक अंगका उम्मेदवारको सूची प्रधानमन्त्रीको खल्तीमा, कसले मार्ला बाजी ?

प्रधानमन्त्री मधेश प्रदेशमा, ६४ सडकको एकैसाथ शिलान्यास

राजनीतिक संयन्त्र र पदाधिकारी बैठकको निर्णय प्रजातान्त्रिक विधिले चिन्दैनः नैनस…

खास लडाई भोलीवाट सुरु हुन्छ, हामी अब ५० ठाउँवाट निस्कन्छौंः राजेन्द्र लिङदेन

कमल थापासहित ६ जना राजावादी पक्राउ, राखियाे भद्रकालीमा

कमल थापा पक्राउ

रूसी कम्युनिष्ट पार्टीका महासचिवलाई नेपाल भ्रमणको निम्तो

प्रचण्ड गणतन्त्रको संस्थापक हुन्, गणतन्त्र ढल्न खोज्दा परेको पीरले बोलेको कुरालाई …

प्रतिक्रिया