म आफूलाई १० मा १० अङ्क दिन्छु

चारवटा नगरपालिका र सातवटा गाउँपालिका रहेको दैलेख जिल्लाको एक हो, ठाटीकाँध गाउँपालिका । विकासका दृष्टिकोणमा यो पालिका अहिले पनि अन्य स्थानीय तहको तुलनामा पछाडि नै छ । स्थानीय तह नहुनु पहिले भन्दा केही परिर्वतन भए तापनि नागरिक सन्तुष्ट देखिँदैनन् । जनताका समस्या केही हदसम्म पूरा भए पनि अन्य समस्या भने ज्युँका त्युँ छन् । स्थानीय सरकार जनताको जीवनस्तर उकास्न महत्वपूर्ण मानिएको थियो तर अझै पनि आशा लाग्ने गरी जनताको जीवनले फड्को मार्न सकेको छैन । यही सन्दर्भमा रहेर ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीसँग इकागजकर्मी जितेन्द्र थापाले गरेको संवाद:
मुलुक संघीयतामा गएपछि गाउँगाउँमा सिंहदरबार पुग्यो भनियो, सिंहदरबार साँच्चिकै गाउँगाउँमा पुगेको हो ?
सिंहदरबारभन्दा पनि तीनवटा तहको एउटा सरकार निर्माण भयो । स्थानीय तहका रूपमा विकास गर्ने भनेर संघले अवधारणा ल्यायो । त्यहीअनुसार निर्वाचन भएपछि २०७४ सालमा आफैँले कानुन बनाएर विकास निर्माणका कुरादेखि जनतालाई दिने सेवाहरूबारे अवधारणासहितको काम गर्याैँ । जतिबेला २०७४ साल पहिले जनताका समस्या अनुभूत नहुने खालका थिए त्यसपछि जनतालाई अनुभूत हुने गरी काम गरेका छौँ । राज्यले गर्नुपर्ने काम यस्तो हुने रहेछ भन्ने मान्छेलाई महसुस हुने गरी काम गरेका छौँ ।
मुलकले संघीयता थेग्न सक्दैन भन्ने पनि आवाज उठ्छ, संस्थापक अध्यक्ष भएकाले के भन्नुहुन्छ ?
संघीयता थेग्न नसक्ने भन्ने हुँदैन । थेग्छ नै । यसलाई बरु व्यवस्थित गरेर लैजानुपर्छ । सबैले जिम्मेवार र व्यवस्थित ढंगबाट जाने हो भने समस्या हो भन्ने लाग्दैन । अहिले मान्छेले विभिन्न विषयमा कुरा गरेर थेग्न सक्दैन भन्ने हल्ला मात्र हो । थेग्न सकिँदैन भन्ने कुरा त गरिन्छ, यस्ता कुरा भनेका मनोगतवादीहरूले भनेका हुन । यथार्थ रूपमा हेर्ने हो भने यसलाई ध्यान दिएर देशलाई व्यवस्थित गर्ने कुरामा यसका संरचनाहरूलाई जिम्मेवार रूपमा कार्यान्वयन गर्न आवश्यक छ । अहिले संघीय सरकारले गरेको काम र प्रदेश सरकारले गरेको कामलाई अझ व्यवस्थित गरेर लैजानुपर्छ । जसरी संघीय सरकारको हिजोबाट अनुभूत भएका काम छन् त्यसरी प्रदेश सरकारले गरेको जस्तो लाग्दैन । त्यत्तिकै जिम्मेवारी वहन गरेन र त्यहाँ पुग्ने नेतृत्वले अनुभूत गराउनुपर्ने कुरा अनुभूत गराउन सकिरहेको छैन । र त्यसरी अनुभूति हुने गरी काम गर्न सकेमा अप्ठेरो हुनुपर्ने वातावरण होइन । अनि संघीयता थेग्नै नसकिने भन्ने होइन । जसरी जिम्मेवार रूपमा सबै सरकार जिम्मेवार हुनुपर्ने हो त्यो हुन सकिरहेको छैन । किन त भन्दा यो नयाँ अभ्यास हो । नयाँ अभ्यासमा यस्ता क्रियाकलाप हुन्छन् । मानिसहरू विभिन्न किसिमका कुरा गर्छन् । अहिले देशमा अनावश्यक कुराहरू गर्ने मानिस छन् । उनीहरूले विभिन्न किसिमका अफवाह फैलाउँछन् । तर संघीयता थेग्न नसकिने भन्ने होइन ।
तपाईंको कार्यकालमा गाउँपालिकावासीले स्थानीय तहको अनुभूति गर्न पाए कि पाएनन् ?
लामो समयदेखि नेपालमा मानिसहरूलाई विकास निर्माणका कुराहरू र आफ्ना चाहनाहरू थिए । पञ्चायत कालमा विकास निर्माणका कामहरू हुन सकेका थिएनन् । यस्तो किसिमले स्थानीय तहका कामहरू हुन सकिरहेका थिएनन् । २०४७ साल पछि पनि अधिकारका रूपमा अधिकार पाए । तर विकास निर्माणका कुराहरूमा त्यसपछि हुनुपर्ने जनताका सेवासुविधाका कुरामा जस्तो हुनुपर्ने थियो त्यस्तो हुन सकेकोे थिएन । र पहिलेका स्थानीय तहले अनुभूत गराउन सक्ने वातावरण पनि थिएन । र उनीहरूसँग अधिकार पनि थिएन । त्यसपछि २०५१ सालमा मनमहन अधिकारीको सरकार आएपछि केही अनुभूत हुने कुरा भएका थिए । लामो समयसम्म नेपाली कांग्रेसको सरकार भएका बेला जसरी तलका स्थानीय तहलाई अनुदान दिनुपथ्र्यो । बजेट विनियोजन गर्नुपथ्र्यो त्यो हुन सकेको थिएन । २०६२÷०६३ को आन्दोलनपछि नयाँ बनेको संविधानमा एक किसिमको संरचना तयार भयो र २०७४ सालमा निर्वाचनमा गएर हामीले काम गर्यौँ । जति मान्छेहरूका चाहना थिए आवश्यकता थिए ती सबै पूरा गर्न नसके पनि आधारभूत आवश्यकताहरूमा हामीले काम गरेका छौँ । त्यसै गरी ठाटीकाँध गाउँपालिकावासीले पनि गाउँपालिकाको अनुभूति गर्न पाएका छन् । जस्तै पहिले ठाटीकाँध गाउँपालिकामा २० किलोमिटर त्यो पनि ४÷५ मिटर बनेको थियो भने अहिले १६० किलोमिटर सडक पुगेको छ । टोलटोलमा सडक पुगेको छ । हिजो यहाँका जनताहरू बिरामी हुँदा डोकोमा बोकेर लैजानुपर्ने समस्या थियो । अहिले त्यो समस्या हटेको छ । यस्ता कुरालाई काम नै नभएको भन्ने हुँदैन । हिजो हाम्रो तीन ठाउँमा मात्र स्वास्थ्य संस्था थिए भने आज सातवटा ठाउँमा स्वास्थ्य संस्थाबाट सेवा प्रवाह गरेका छौँ । जति काम गर्नुपथ्र्यो त्यति काम गर्न सकिएको छैन । हिजोभन्दा आज धेरै फरक बनेको छ ठाटीकाँध ।
तपाईंको कार्यकाल सकिदै गर्दा वास्तविक गाउँपालिका बनाउन के गर्नुभयो ?
ठाटीकाँध गाउँपालिकालाई वास्तविक गाउँपालिका बनाउन सडक, शिक्षा, स्वास्थ्यमा थुप्रै काम भएका छन् । सडकमा मैले टेक्निकल कुरा गर्दा अनौठो मान्लान् । सडक प्राविधिक हिसाबले दुर्घटना नहुने ग्रेड मिलेका सडक बनाएका छौँ । मापदण्ड पुर्याएर बनाएका छौँ । दीर्घकालीन योजनाका साथ तयार पारेका छौँ । खानेपानीका संरचना बनेका छन् । पालिकाभित्र ३९ वटा विद्यालय थिए । शिक्षक दरबन्दी नभएका गाउँपालिका भनेको हाम्रो ठाटीकाँधमै हुन् । विद्यार्थी अनुपातमा हामीले शिक्षक दरबन्दीको व्यवस्था गरेर अनुदानका रूपमा ठूलो खर्च हुन्छ । एक वर्षमा अनुदानकै रूपमा एक वर्षमा साढे चार करोड खर्च हुन्छ । गएको वर्षबाट हाम्रो नौ वटा विद्यालय बाँकी थिए । स्वास्थ्य सेवालाई आधारभूत स्वास्थ्य सेवाका रूपमा यो वर्षबाट भवन बन्दै छन् । छवटा वडा रहेको यहाँ आठवटा स्वास्थ्य सेवा बनाएर सेवा दिएका छौँ । यी र यस्ता थुप्रै विकास गरेका छौँ । सबै वडामा सडक पुग्दा सबैलाई सहज भएको छ । पत्येक मानिसहरूलाई समूहमा जोडेर कृषकको जीवनस्तर सुधार गर्ने गरी काम अघि बढाएका छौँ । त्यसपछि ३३ वटा वनलाई व्यवस्थित गर्ने गरी अघि बढेका छन् । यहाँका मानिसहरूको जीवनस्तर सुधारमा एक किसिमको आधारभूत कुराहरू गरेका छौँ ।
चुनावी घोषणापत्रमा उल्लेख गरेका तपाईंका पाँचवटा बुँदा के थिए कति पूरा भए ?
पाँचवटामध्ये एउटा शिक्षा थियो । शिक्षाका भवन थिएनन् । भवन निर्माण र शिक्षक व्यवस्थापन गर्ने काम गरेका छौँ । अर्को स्वास्थ्य भनेको थियौँ । पालिकाका सबै वडामा स्वास्थ्य संस्था पुगेका छन् । अर्को ठाटीकाँध डाँडामा १५ शय्याको एउटा सानदार भवन बन्दै छ । ५० बेडको आइसोलेसन भवन बनाउदै छौँ । यी र यस्ता किसिमका काम भएका छन् । अर्को यातायातमा सबैभन्दा समस्या रहेका सडक थियो । सडक समस्याका अन्त्य गर्दै सडक बनाएका छौँ । खानेपानी, वन व्यवस्थापनका कुरा थिए ती पनि पूरा गरेका छौँ । वनलाई पूर्ण रूपमा सुधार गर्न सकेका त छैनौँ तर पनि धेरै काम भएका छन् । हिजो हामीले वाचा गरेका बत्तीका कुरा थिए बत्तीको काम पनि भइरहेको छ ।
चुनावका बेला घोषणापत्रको १२ बुँदामा मटेला हुँदै माझखर्क, गैरागाउँ आग्र केबलकार जोड्ने सपना देखाएर आधारभूत आवश्यकता पूरा भएनन् भन्ने नागरिकको गुनासो छ नि ?
तपाईंले भनेको कुरा सही हो । गर्ने के हो भने मान्छेले एउटा सपना देखाउने उद्देश्य राख्ने हो । सपना देख्ने हो । मान्छेलाई सपना देखाउने र महत्वाकांक्षी हुनैपर्छ । हामी महत्वाकांक्षीकै रूपमा अगाडि बढ्यौँ र काम गर्यौँ । कामहरूको अहिले नै पूरा हुने अवस्था होइन । यी र यस्ता सम्भावना छन् र यिनलाई पनि बनाउन सकिन्छ भनेर यी केबलकारका सपना देखाएको हो । तर, त्यो सपना पूरा हुन सकेन । सबै कुराहरू सबै परिस्थिति नमिलेको खण्डमा बन्न पनि सक्दैनन् । खानेपानी भनेको यस्तो हो बन्न सकेन भन्ने होइन । व्यवस्थित गर्ने कुरा गरिरहेका छौँ । काम भइरहेको छ ।
तपाईं ठाटीकाँधको अध्यक्ष भएर केके काम गर्न सकिएनन् ?
म ठाटीकाँध गाउँपालिका अध्यक्ष भएर गर्न नसकेका काम भनेको कृषिमा एक किसिमको अर्गानिक बनाएर अगाडि लैजाने कृषिलाई गाउँपालिकाको कृषि उत्पादनलाई ठूलो कृषि हबका रूपमा अगाडि बढाउने र अर्गानिक बनाउने सोचेका थियौँ त्यो भएन । अर्गानिक बनाउने कुरामा हाम्रो यहाँ विषादी, रासायनिक मलहरू प्रयोग गर्न दिएका छैनौँ र दिदैनौँ । तर किसानहरूलाई जसरी कृषि क्षेत्रमा सहयोग गर्नुपर्ने थियो त्यो गर्न सकेनौँ । यो वास्तवमा यसो नगरेसम्म किसानको जीवनस्तरमा सुधार हुन सक्दैन । १४० किलोमिटर सडक हामीले गर्यौँ । जुन प्रदेश सरकारले बनाउनुपर्ने थियो । ठूला ठूला खानेपानी योजना प्रदेश सरकारले गर्नुपर्ने काम हामीले पालिकाबाट गर्यौँ ।
गाउँपालिका अध्यक्ष भएर काम गर्दै गर्दा के–कस्ता अवरोध झेल्नुपर्यो ?
म ठाटीकाँध गाउँपालिकाको अध्यक्ष हुँदै गर्दा काम गर्ने क्रममा अवरोध त भन्दिनँ । तर चेतना स्तरले मलाई सहयोग नै भएको छ । सहयोग गर्ने कुरामा यहाँका नागरिक लगायत सबैबाट सहयोग नै भएको छ । मेरो पार्टी नेकपा एमालेबाट ठाटीकाँध गाउँपालिका अध्यक्ष हुँदै गर्दा यहाँका नेपाली कांग्रेसका साथीहरू, नेपाल मजदुर किसान पार्टी नेकपा माओवादीका साथीहरूले सहयोग नै गर्नुभएको छ । मलाई त्यस्तो किसिमको असहयोग गरेको भन्ने लाग्दैन सहयोग नै भयो । सबैले सहयोग विश्वास गर्नुभएको छ । तर यो चेतना स्तर कति छ कति बुझेका छन्, यो दाँजोमा हामीले हेर्ने हो भने चेतनास्तर वृद्धि हुन सकेको छैन । विभिन्न किसिमका समस्या छन् । असहयोग भन्ने महसुस नै भएन ।
तपाईं गाउँपालिकाको अध्यक्ष भएको हैसियतले १० अङ्क कति अङ्क दिनुहुन्छ ?
म ठाटीकाँध गाउँपालिकाको अध्यक्ष भएको हैसियतले आफूले आफैँलाई १० अङ्कमा १० नै दिन्छु ।
संवाद शृंखला- ३१ : कान्छी उप-प्रमुख चौधरीको अनुभव : विपक्षीले नगरपालिका भवनसमेत बनाउन दिएनन्
संवाद शृंखला- ३० : पालिका चलाउन २६ वटा ऐन-कानुन बनाएका छौँ
संवाद शृंखला- २९ : संघ र प्रदेश दुवैले अवरोध पुर्याए
संवाद शृंखला- २८ : निर्वाचनअघि महिलाले काम गर्न सक्छन् र भन्थे, गरेर देखाएँ
संवाद शृंखला- २७ : हामीले १ अर्ब २० करोड वैदेशिक अनुदान स्वीकार गरेनौँ
संवाद शृंखला- २६ : सिंहदरबार गाउँमा पुग्यो, जनताको घर-आँगनमा पुगेन
संवाद शृंखला- २५ : पाँच वर्षको उपलब्धि : श्रीलंका टापुमा बत्ती बल्यो, कोशीमा डुंगा चल्यो
संवाद शृंखला- २४ : देवदहमा जनताले अनुभूति गर्ने गरी काम गरेको छु
संवाद शृंखला- २३ : संघले प्रदेशलाई, प्रदेशले स्थानीयलाई हेपेका छन्
संवाद शृंखला- २२ : तेस्रो लिङ्गीलाई भत्ता, सासू-ससुराको आदर गर्नेलाई पुरस्कार
संवाद शृंखला- २१ : बुटवलमा चुनावी घोषणापत्रभन्दा बढी काम भए
संवाद शृंखला- २० : पालिकामध्ये देशभरमै पछि छौँ, शिक्षा र रोजगारी प्राथमिकता छ
संवाद शृंखला- १९ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण सफल गरायौं
संवाद शृंखला- १८ : संघीय सरकारले २० वर्षसम्म गर्न नसकेका काम पाँच वर्षमा भएका छन्
संवाद शृंखला- १७ : स्थानीय सरकार सबैभन्दा तल छ तर बलियो छ
संवाद शृंखला- १६ : हाम्रो तिलोत्तमा देशकै नमुना नगर बन्यो
संवाद शृंखला- १५ : दश पूर्णाङ्कमा म आफूलाई पचास प्रतिशतभन्दा माथि अंक दिन्छु
संवाद शृंखला- १४ : हातखुट्टा बाँधेर अगाडि चौरासी व्यञ्जन राखिदिएजस्तो भयो
संवाद शृंखला- १३ : हाम्रो गाउँपालिकामा दुःखीहरू धेरै भएको हुँदा करमुक्त बनायौँ
संवाद शृंखला- १२ : धनकुटा नगरबासीलाई सन्तुष्ट बनाएको छु
संवाद शृंखला- ११ : पालिका प्रमुखका हैसियतले मैले उत्कृष्ट कार्य गरेको छु
संवाद शृंखला- १० : गाडी सुविधा कसैले लिएनौँ, त्यो पैसाले दमकल र एम्बुलेन्स किन्यौँ
संवाद शृंखला- ९ : संघ र प्रदेशबाट सहयोगभन्दा असहयोग नै बढी पाएको छु
संवाद शृंखला- ८ : प्रत्येक दिन निर्वाचनताका गरेका प्रतिबद्धता स्मरण गरेर काम गर्यौँ
संवाद शृंखला- ७ : तुलसीपुरका लागि गएको पाँच वर्ष स्वर्णिम काल हो
संवाद शृंखला- ६ : संघीय सरकारको काम स्थानीय सरकारले गरिरहेको छ
संवाद शृंखला- ५ : गर्भवतीलाई एम्बुलेन्स सेवा निःशुल्क, सेनेटरी प्याड पनि निःशुल्क छ
संवाद शृंखला- ४ : भोट दिएर जिताएको त हो नि भन्दै यहाँका जनता कर नै तिर्दैनन्
संवाद शृंखला- ३ : म आफ्नो कार्यकाललाई १० मा ७ अंक दिन्छु
संवाद शृंखला- २ : संघीयता देशले थेग्न सक्दैन भन्ने कुरा गलत हो
संवाद शृंखला- १ : संघ र प्रदेशले सहयोग नै गरेनन्

सिंह मात्रै यता, अधिकारको दरबार चाहिँ केन्द्रमा

संघीय सरकारले राजनीतिक पूर्वाग्रह राख्यो

स्याउका सात लाख बिरुवा रोपेका छौँ, सहिद स्मृति आवासीय विद्यालय चलाएका छौँ

मैले योजना ल्याउन मन्त्री र सांसद चिन्नुपर्ने त हैन होला ?

कान्छी उप-प्रमुख चौधरीको अनुभव : विपक्षीले नगरपालिका भवनसमेत बनाउन दिएनन्

पालिका चलाउन २६ वटा ऐन-कानुन बनाएका छौँ

संघ र प्रदेश दुवैले अवरोध पुर्याए

प्रतिक्रिया