बैंक-वित्त

कुमारी बैंकको २३औँ वार्षिक साधारण सभा सम्पन्न

इकागज | माघ २९, २०८०

काठमाडौँ- कुमारी बैंक लिमिटेडको २३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सभा आइतबारका काठमाडौँको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ । 

सो सभाबाट सामान्य प्रस्तावको रूपमा पेस गरिएको आ.व. २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित भएको छ । त्यस्तै, लेखा परीक्षण प्रतिवेदनसहित आ.व. २०७९/८० आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आ.व.२०८०/८१ को लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरिएको छ । 

उक्त सम्पन्न साधारण सभामा भएको सञ्चालक चुनावमा संस्थापक शेयरधनी समूहबाट अमिर प्रताप जं.ब.राणा, कर्मचारी संचय कोषका प्रतिनिधि विजयकुमार श्रेष्ठ, पशुपति मुरारका तथा सर्वसाधारण शेयरधनी समूहबाट महेशप्रसाद पोखरेल, राजाराम खड्का, र सर्वसाधारण शेयरधनी समूह महिला तर्फबाट सिम्रन अग्रवाल निर्वाचित भएका छन् ।

कामना सेवा विकास बैंक र नेशनल पाथ ल्याब एण्ड रिसर्च सेन्टरबीच सम्झौता

इकागज | माघ २९, २०८०

काठमाडौँ- कामना सेवा विकास बैंकले बुटवल, रुपन्देहीस्थित नेशनल पाथ ल्याब एण्ड रिसर्च सेन्टरसँग सेवा शुल्क...

व्यक्तिगतभन्दा संस्थागत मुद्दती निक्षेपको ब्याज एक प्रतिशतले कम हुनुपर्ने

इकागज | माघ २९, २०८०

काठमाडौँ- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा गरेको छ । मौद्रिक नी...

अधिक तरलताको व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ४० अर्ब रुपैयाँ तान्दै

इकागज | माघ २३, २०८०

काठमाडौँ- नेपाल राष्ट्र बैंकले फेरि बजारबाट ४० अर्ब रुपैयाँ तान्दै छ । राष्ट्र बैंकले बजारमा अधिक तरलता...

ग्लोबल बैंकलाई आईएफसीको सात अर्ब ४१ करोड ऋण, कुन क्षेत्रमा गर्दैछ लगानी ?

इकागज | माघ २०, २०८०

काठमाडौँ- विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले ग्लोबल आइएमई बैंक लिमिटेडलाई ५६ म...