बहुप्रतिक्षित स्कुटर सुजुकी एभेनिस बजारमा
काठमाडौँ - सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारीक विक्रेता भिजी अटोमोबाइल्स प्रा.लि.ले आज एक विशेष कार्यक्रम गरी नेपालमा बहुप्रतिक्षित स्कुटर सुजुकी एभेनिस बजारमा ल्याएको छ । राजधानीमा एक कार्यक्रम गर्दै कम्पनीले उक्त स्कुटर सार्वजनिक गरेको हो ।
सोही कार्यक्रममा भिजी अटोमोबाइल्स प्रा.लि.का प्रबन्ध निर्देशक निकुञ्ज अग्रवाल, सुजुकी मोटर्स इन्डिया प्रा.लि.का म्यानेजर, इन्टरनेशनल मार्केटिङ शशांक तलवार तथा भिजी अटोमोबाइल्स प्रा.लि.का महाप्रबन्धक धीरज भट्टराईले संयुक्त रुपमा सुजुकी एभेनिसलाई अनावरण गरेका थिए ।
आकर्षक डिजाइन र मोर्डन फिचर्सले भरिएको सुजुकी एभेनिस स्कुटर नयाँ जेन जेड जेनेरेसनलाई लक्षित गरी वजारमा ल्याइएको हो । पावर पर्फमेन्स र स्टाइललाई बिशेष ध्यान दिएर बनाइएको यो स्कुटर स्पोर्टी क्याटेगोरीमा हुनुको साथै विभिन्न फिचर्सहरुले भरिएको छ ।
लक्षित वर्गहरुलाई विशेष ध्यान दिइ बनाइएको यो स्कुटर सबैले मनपराउने कुरामा कम्पनी विश्वस्त छ । दुवै वर्गलाई अति सुहाउने भएकोले सुजुकीका मोटरसाइकल र स्कुटरहरु टेक्नोलोजी र स्मुथ पर्फमेन्सलाई ध्यान दिई बनाइएका हुन्छन् जसले गर्दा यिनीहरु अति नै विश्वासिलो र भरपर्दो रहेको कम्पनीले जानकारी दिएको छ।