कर्पोरेट

सनराइज बैंकमा पैसा जम्मा गर्दा १५ गुणासम्म हुने योजना सार्वजनिक

इकागज | भदौ १९, २०७९

काठमाडौंँ - सनराइज बैंकले आफ्ना ग्राहकहहरुको आवश्यकतालाई मध्यनजर गर्दै १५ गुणासम्मको प्रतिफल दिने गज्जबको मुद्दती खाता ल्याएको छ । सनराइज गज्जबको मुद्दती खाता नाम दिइएको उक्त खातामा तोकिएको समयसम्म मुद्दती गरिएको रकमको ५ गुणा देखि १५ गुणा सम्मरकम प्राप्त गर्न सकिन्छ ।

१४ वर्ष ८ महिनामा मुद्दती रकम ५ गुणा हुने, २० वर्ष ११ महिनामा मुद्दती रकम १० गुणा हुने र २४ वर्ष ७ महिनामा मुद्दती रकम १५ गुणा हुने बैंकले जनाएको छ । 
यस योजनामा सहभागी हुन न्युनतम रु २५ हजार रकम मुद्दती गर्नुपर्ने बैंकले जनाएको छ ।

उक्त योजनाको अवधिमा पैसा आवश्यक परे जम्मा भएको रकमको ९० प्रतिशतसम्म कर्जा समेत लिन सकिने बैंकले जनाएको छ । यस योजनामा सहभागी हुने ग्राहकहरुलाई बैंकले ५ लाखसम्मको क्रेडिट कार्डको जारी शुल्क र लकर शुल्क नलाग्ने व्यवस्था गरेको छ । हाल बैंकले १३९ वटा शाखा, ९५ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा ए.टि.एम मार्फत आफ्ना ९ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
 

प्यारासुट नेचुराल स्याम्पुले आयोजना गर्‍यो तीज विशेष कार्यक्रम 'सङ्गीसँग तीज'

इकागज | भदौ १६, २०७९

काठमाडौँ- प्यारासुट नेचराल स्याम्पुले ‘संङ्गीसँग तीज’ नामक तीज विशेष कार्यक्रम आयोजना गरेको...

सामसङको 'यो वर्षको दशैं उपहार, डेली टिभी, ड्याम्मै कार!' योजना सार्वजनिक

इकागज | भदौ १५, २०७९

काठमाडौँ- नेपालको अग्रणी मोबाइल कम्पनी सामसङले यस वर्षको चाडपर्वमा आफ्ना उपभोक्ताहरुको लागि ल्याएको छ। स...