कोभिड-१९

भारतमा कोभिड संक्रमणदर निरन्तर घट्दो

इकागज | मंसिर १, २०७८

नयाँ दिल्ली- भारतमा कोभिड संक्रमण दर निरन्तर घटिरहेको छ । कूल संक्रमितमध्ये ० दशमलब ३९ प्रतिशत मात्र संक्रीय संक्रमित रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिलेको संक्रमण दर सन् २०२० को मार्च महिनापछिकै न्यून देखिएको छ । त्यस्तै, संक्रमणबाट निको हुने दर पनि निरन्तर बढिरहेको छ ।

अहिले कोभिड संक्रमणबाट निको हुने दर ९८ दशमलब २६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । यो दर सन् २०२० पछिकै उच्च हो । । भारतमा अझै पनि १ लाख ३६ हजार संक्रमित छन् । अहिले औषतमा दैनिक १० हजार संक्रमित भेटिएका छन् । भारतमा कोभिडबाट अहिलेसम्म ४ लाख ६३ हजारभन्दा बढीको मृत्यु भएको छ ।

खोप अभियान तीब्र पारिएसँगै कोभिडबाट संक्रमित हुनेहरूको संख्या  पनि निरन्तर घटिरहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । एजेन्सी

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या २०२० को मार्चपछिकै कम

इकागज | कात्तिक २९, २०७८

भारत- भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका सक्रिय सङ्क्रमितहरुको सङ्ख्या धेरै कम देखिएको छ ।सरकारी अधिका...

अष्ट्रियामा खोप नलगाएका नागरिक केन्द्रित राष्ट्रव्यापी लकडाउन

इकागज | कात्तिक २९, २०७८

बर्लिन- अष्ट्रिया सरकारले देशमा कोरोनाभाइरसको द्रुत फैलावटलाई नियन्त्रण गर्ने उद्देश्यले आइतबार मध्यरातदेखि...

टर्कीमा कोरोनाको सङ्क्रमण झन् बढ्यो, एकैदिन २५ हजार सङ्क्रमित

इकागज | कात्तिक २७, २०७८

अंकारा- टर्कीमा कोरोना भाइरसको सङ्क्रमण झन् बढेको छ । पछिल्ला केही दिनमा यहाँ सङ्क्रमण बढेको अधिकारीहरुल...