कोभिड-१९

दुई दिनयता देशभर कोभिड संक्रमित बढे, मंगलबार थपिए ५३३ जना

इकागज | कात्तिक २३, २०७८

काठमाडौँ- देशभर नयाँ ५३३ जना कोभिड-१९ संक्रमित थपिएका छन् । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १६ हजार ७३६ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट ४४३ र एन्टीजेन्ट विधिबाट ९० जनामा कोभिड पुष्‍टि भएको थियो ।

त्यसैगरी २४ घण्टामा ४८४ संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९६ हजार ३०६ जना संक्रमणमुक्त भइसकेका छन् । १ जनाको मृत्यु र हालसम्म देशभर ११ हजार ४५४ जनाको कोभिड संक्रमणका कारण मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमित ७ हजार ६१२ जना छन् ।

आईसीयूमा १९९ र भेन्टीलेटरमा ५५ जना उपचाररत छन् । होम आईसोलेशनमा ७ हजार ७७, संस्थागत आईसोलेशनमा ५३५ र क्वारेन्टाइनमा ११० जना छन् ।

सोमबार देशभर ३९० र आइतबार १४३ संक्रमित थपिएका थिए ।

 

 

प्रधानसेनापतिको भारत भ्रमणको अघिल्लो दिन नेपाली सेनालाई चिनियाँ सहयोग

इकागज | कात्तिक २२, २०७८

काठमाडौँ- छिमेकी चीनले नेपाली सेनालाई सहयोग स्वरुप स्वास्थ्य सामग्री र कोभिडविरुद्धको खोप उपलब्ध गर...