कोभिड-१९

उपत्यकामा थपिए १७१ संक्रमित

इकागज | कात्तिक २६, २०७८

काठमाडौँ- उपत्यकामा १७१ कोभिड-१९ संक्रमित थपिएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १२५, ललितपुरमा ४२ र भक्तपुरमा ४ जना संक्रमित थपिएका हुन् ।

काठमाडौँमा सक्रिय संक्रमित ५ सय ५८, संक्रमणमुक्त २ लाख ४८ हजार ३ सय १०, मृत्यु २ हजार २ सय ११ र कुल संक्रमित २ लाख ५१ हजार ७९ संक्रमित छन् । भक्तपुरमा सक्रिय संक्रमित ४ सय ९१, संक्रमणमुक्त २९ हजार ९ सय १, मृत्यु ४ सय ३४ र कुल संक्रमित २९ हजार ९ सय १ जना छन् ।

त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित ५ सय १०, संक्रमणमुक्त ४८ हजार ६ सय ४३, मृत्यु ६९२ र कुल संक्रमित ४९ हजार ८ सय ४५ संक्रमित छन् ।

विश्वव्यापी कोरोना खोप असमानतालाई सम्बोधन गर्न चीन प्रतिबद्ध

इकागज | कात्तिक २४, २०७८

मस्को- चीनले विकासोन्मुख देशहरूमा कोभिड-१९ खोपको पहुँच र मितव्यितामा सुधार गर्ने आफ्नो दृढ संकल्प देखाए...

'माइनस ८० डिग्री सेल्सियस'मा फाइजरको खोप भण्डार गर्न थप नौ वटा फ्रिज ल्याइँदै

अतिन आचार्य | कात्तिक २३, २०७८

काठमाडौँ- सरकारले मोर्डना र फाइजरको खोप भण्डारण गर्न थप नौ वटा ठूला-ठूला फ्रिज ल्याउने भएको छ । खोप खर...