कोभिड-१९

भारतमा १३ हजार ४०५ सङ्क्रमित थपिए

इकागज | फागुन १०, २०७८

काठमाडाै- भारतमा पछिल्लो २४ घण्टामा १३ हजार ४०५ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन्।  यसैसँगै भारतमा कोरोना सङ्क्रमण सुरु भएयता हालसम्म चार करोड २८ लाख ५१ हजार ९२९ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सोही अवधिमा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या भने ३४ हजार २२६ रहेको छ। एउटै अवधिमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमित भएकाको सङ्ख््याभन्दा सङ्क्रणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ।

भारतमा कोरोनाका चार करोड २१ लाख ५८ हजार ५१० जना सङ्क्रमणमुक्त भएका छन्। अधिकारीका अनुसार, भारतमा अहिले कोरोनाभाइरसबाट सक्रिय सङ्क्रमितको सङ्ख्या दुई लाख २ हजार १३१ रहेको छ । पछिल्लो २४ घण्टामा मात्र २२ हजार ५६ जना सक्रिय सङ्क्रमित घटेका समाचारमा जनाइएको छ। कोरोनाभाइरसका कारण भारतमा पछिल्लो एक दिनमा २३५ को मृत्यु भएको पनि मन्त्रालयका अधिकारीले जनाएका छन्।

यससँगै भारतमा कोरोना सङ्क्रमणको कारण हालसम्म पाँच लाख १२ हजार ३४४ को मृत्यु भइसकेको समाचारमा जनाइएको छ ।

कोभिडविरुद्धको पूर्ण मात्रा लगाएको खोप नपाएमा कुन-कुन खोप लगाउन मिल्छ ?

इकागज | फागुन ९, २०७८

काठमाडौँ- पछिल्लो समय मुलुकभरका अधिकांश नागरिकले कोभिडविरुद्धको खोप लगाइरहकेा छन् । पूर्ण मात्रा लगाइस...

कोभिड तेस्रो लहरको अन्त्यतिर नेपाल : रित्तिँदै अस्पतालका शय्या

अतिन आचार्य | फागुन ९, २०७८

काठमाडौँ- पछिल्लो केही दिनदेखि यता मुलुकभरबाट कोभिड-१९ संक्रमित घट्दै गएका छन् । तेस्रो लहरमा ओमि...