कोभिड-१९

काठमाडौँमा सक्रिय संक्रमित कति छन् ?

इकागज | फागुन १, २०७८

काठमाडौँउपत्यकामा आइतबार कोभिड-१९ का १५० जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ९७, ललितपुरमा ४४ र भक्तपुरमा ९ जना थपिएका हुन् ।

पछिल्लो केही सातादेखि मुलुकभर लगायत उपत्यकामा निरन्तर संक्रमणदर ओरालो लाग्दै गएको छ । ओमिक्रोन भेरियन्ट देखिएसँगै संक्रमितको संख्या बढेको थियो ।

काठमाडौँमा सक्रिय संक्रमित ५ हजार ६११ जना छन् । संक्रमणमुक्त ३ लाख १३ हजार ९२३, मृत्यु २२९५, भक्तपुरमा सक्रिय संक्रमित १२५३, संक्रमणमुक्त ३६ हजार २५६, मृत्यु ४४७ र कुल संक्रमित ३७ हजार ९५६ जना छन् ।

त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित २ हजार ८०३, संक्रमणमुक्त ६२ हजार ८१, मृत्यु ७४३ र कुल संक्रमित ६५ हजार ६२७ जना छन् ।