कोभिड-१९

बेलायत सरकारद्वारा नेपाललाई २१ लाख डोज कोभिडविरुद्धको खोप हस्तान्तरण

इकागज | फागुन ५, २०७८

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई भेटेर नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले कोरोनाविरुद्धको खोप प्रदान गरेका छन् ।

मन्त्रालयमा आयोजित कार्यक्रममा राजदूत पोलिटले बेलायत सरकारका तर्फबाट २१ लाख डोज खोप मन्त्री खतिवडालाई हस्तान्तरण गरेका हुन् ।

भेटघाट कार्यक्रममा सचिव डा. रोशन पोखरेल, प्रवक्ता डा. संगिता मिश्रालगायत उच्च अधिकारीको उपस्थिति रहेको थियो ।

भेटमा मन्त्री खतिवडाले बेलायत र नेपालको दुई सय वर्षभन्दा पुरानो अन्तर्राष्ट्रीय मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै कोभिड महामारीको बेला बेलायत सरकारले गरेको सहयोगप्रति आभार प्रकट गरे ।

स्वास्थ्य मन्त्रलायलले भन्यो— जोनसन खोप लगाएकाले बुस्टरको रूपमा अन्य खोप लगाउन मिल्छ

इकागज | फागुन ५, २०७८

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोनसन (जे एण्ड जे) खोप लगाएका व्यक्तिले पनि अन्य कम्पनीको ...

हङकङमा कोभिडको पाँचौ लहर : संक्रमित बढेसँगै स्वास्थ्य सेवा अस्तव्यस्त

इकागज | फागुन ५, २०७८

हङकङ- कोभिड १९ संक्रमणका कारण हङकङको स्वास्थ्य सेवा प्रणाली अस्तव्यस्त भएको छ । नयाँ भेरियन्ट ओमिक्रोनका का...