क्रिकेट

डेभोन र डेरिलको शतकमा इंग्ल्यान्डमाथि न्यूजिल्यान्डको शानदार जित

इकागज | भदौ २३, २०८०

काठमाडौँ- घरेलु टोली इंग्ल्यान्डविरुद्धको चार खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा न्यूजिल्यान्डले शानदार जित हात पारेको छ ।

शुक्रबार राति कार्डिफमा भएको खेलमा न्यूजिल्यान्डले इंग्ल्यान्डलाई ८ विकेटले पराजित गरेको हो ।

जितका लागि चाहिएको २ सय ९२ रनको लक्ष्य न्यूजिल्यान्डले ४५ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

न्यूजिल्यान्डको जितमा डेरिल मिचेलले अविजित १ सय १८ रन तथा डेभोन कनवेले १ सय ११ रन बनाए ।

इंग्ल्यान्डका लागि डेभिड विल्ली र आदिल राशिद एक-एक विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ९१ रन जोड्यो ।

इंग्ल्यान्डका लागि कप्तान जोश बट्लरले ७२ रन, डाविड मिलानले ५४ तथा बेन स्टोक्स र लियाम लिभिङ्स्टोनले समान ५२-५२ रन बनाए ।

न्यूजिल्यान्डका लागि राचिन रविन्द्रले ३ तथा टिम साउथीले २ विकेट हात पारे ।

एसिया कप : भारत र पाकिस्तानबीचको खेल वर्षाले प्रभावित भए अर्को दिन खेलाइने

इकागज | भदौ २२, २०८०

काठमाडौँ- एसीसी एसिया कपको सुपर फोरअन्तर्गत आइतबार हुने भारत र पाकिस्तानबीचको खेल वर्षाले प्रभावित भए ...

पाकिस्तान र भारतसँग फिल्ड शेयर गर्न पाउँदा खुसी लाग्यो : सोमपाल कामी

इकागज | भदौ २१, २०८०

काठमाडौँ- इन्स्पायर नोबल फाउण्डेसनले भारतविरुद्ध छक्का प्रहार गरेका नेपाली क्रिकेटरलाई दुई लाख रुपैयाँ प्...

कोहलीले क्याच छोडेको छु, मलाई पनि एउटा मेडल दिनुस् भन्नुभयोः आसिफ शेख

इकागज | भदौ २०, २०८०

काठमाडौँ - ओपनर ब्याट्सम्यान आसिफ शेखले राम्रो टिमसँग खेलेर राम्रो स्कोर बनाउँदा आत्मविश्वास बढेको बताएका...

इंग्ल्यान्डमाथिको शानदार जितसँगै न्यूजिल्यान्डले गर्‍यो सिरिज बराबरी

इकागज | भदौ २०, २०८०

काठमाडौँ- घरेलु टोली इंग्ल्यान्ड र न्यूजिल्यान्डबीचको चार खेलको टी-ट्वान्टी सिरिज बराबरीमा टुंगिएको छ । ...