क्रिकेट

नेपाली महिला क्रिकेट टोली युएईसँग भिड्दै

इकागज | भदौ २०, २०८०

काठमाडौं- नेपाली महिला क्रिकेट टोलीले आज संयुक्त अरब इमिरेटस (युएई)सँग प्रतिस्पर्धा गर्दैछ । 

आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । 

सो खेल मलेसियाकाे राजधानी क्वालालम्पुरस्थित खेल मैदानमा हुनेछ । जानकारी अनुसार सो खेल नेपाली समय अनुसार बिहान सवा ७ बजेबाट सुरु हुनेछ। 

जारी प्रतिस्पर्धामा लगातार चार खेल जितेका दुवै टोली एक खेल अगावै सेमिफाइनलमा स्थान बनाइ सकेका छन्। नेपाल र युएई दुवै राष्ट्रिय टोलीको समान ८ अंक रहेको छ। 

तर, युएई नेट रन रेटको आधारमा शीर्ष स्थानमा रहँदा नेपाल भने दोस्रो स्थानमा छ। आजको खेलले समूह विजेता र उपविजेताको टुगो लाग्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

एसिया कपको बाँकी खेल कोलम्बोबाट हम्बान्टोटामा सर्ने सम्भावना

इकागज | भदौ १९, २०८०

काठमाडौँ- एसीसी एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गतको सुपर फोर र फाइनल खेल श्रीलंकाको कोलम्बोबाट हम्बान्...

मेयर बालेन भन्छन्: सरकारले जग्गा उपलब्ध गराए महानगरले क्रिकेट रंगशाला बनाउन पहल गर्छ

इकागज | भदौ १९, २०८०

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नेपाल सरकारले जग्गा उपलब्ध गराए महानगरले रंगशाला...

एसिया कप क्रिकेट : नेपाल र भारतको खेल वर्षाका कारण पुनः अवरुद्ध, अझै सुरु भएन

इकागज | भदौ १८, २०८०

काठमाडौँ- एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गतमा नेपाल र भारतबीचको खेल वर्षाका कारण पुनः अवरुद्ध भएको छ...