क्रिकेट

टी-ट्वान्टी सिरिज फाइनलः हङकङले दियो नेपाललाई १०२ रनको लक्ष्य

इकागज | भदौ ९, २०८०

काठमाडौँ- मलेसियामा जारी चारदेशीय महिला टी-ट्वान्टी क्रिकेट सिरिजको फाइनलमा हङकङले नेपाललाई १ सय २ रनको लक्ष्य दिएको छ ।

बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १ रन बनायो ।

हङकङका लागि कान यिङ्ग चानले सर्वाधिक २९ रनको योगदान गरिन् । मारिना एन्टोनियाले १९ रन बनाइन् । शान्जिन शहजादले १४ तथा यास्मिन दास्वानीले ११ रन जोडे ।

नेपालका लागि खुसी डंगोलले सर्वाधिक ३ विकेट हात पारिन् । कविता जोशी र अश्मिना कर्माचार्यले एक-एक विकेट लिए ।

श्रीलंकन बलर चमिराले एसिया कप गुमाउने, हसरंगाले पनि समूह चरणमा नखेल्ने

इकागज | भदौ ९, २०८०

काठमाडौँ- श्रीलंकन बलर दुसमन्था चमिराले पाकिस्तान र श्रीलंकामा हुने एसीसी एसिया कप गुमाउने भएका छन् । ...

क्यानको बागमती प्रदेश अध्यक्षमा उम्मेदवारी दिने पारस खड्काको घोषणा

इकागज | भदौ ८, २०८०

काठमाडौँ- नेपाल क्रिकेट संघ क्यानको बागमती प्रदेश अध्यक्षमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पार...

टी-ट्वान्टी सिरिजः नेपालले कुवेतलाई हराउँदै हात पार्‍यो दोस्रो जित

इकागज | भदौ ६, २०८०

काठमाडौँ- मलेसियामा जारी चारदेशीय टी-ट्वान्टी सिरिजअन्तर्गत नेपालले लगातार दोस्रो जित हात पारेको छ । ...