क्रिकेट

एसिया कप : काे-काे छन् नेपाल र भारतसँग खेल्ने पाकिस्तानको टोलीमा ?

इकागज | साउन २५, २०८०

काठमाडौं– पाकिस्तानले एसिया कप अन्तर्गत भारत र पाकिस्तानसँग खेल्ने राष्ट्रिय टिमको घोषणा गरेको छ । एसिया कपका पाकिस्तानले लागि १७ सदस्यीय राष्ट्रिय टिम घोषणा गरेको हो ।

एसिया कपको समूह ’ए’ मा पाकिस्तानसँगै नेपाल र भारत छन्। सो प्रतियोगिता अन्तर्गत नेपालले पाकिस्तानसँग अगस्ट १० मा खेल्दैछ । नेपालले भारतविरुद्ध सेप्टेम्बर ४ मा खेल्न लागेको हो । पहिलो खेल पाकिस्तानमै खेल्ने नेपालले भारतसँगको खेल श्रीलंकामा खेल्नेछ । 

एसिया कपको आयोजक पाकिस्तान हो । तर प्रतियोगिताका धेरै खेलहरु श्रीलंकामा हुँदैछ । पाकिस्तान र भारतबीचको राजनीतिक तनावका कारण खेल श्रीलंकामा पनि राखिएको हो ।भारतले एसिया कप पाकिस्तानमा खेल्न अस्वीकार गरेको थियो । त्यसैकारण प्रतिया्गिताका खेलहरु श्रीलंकामा पनि राखिएको हो ।

तीन–तीन टिमको समूहबाट शीर्ष दुई दुई टिम गरी चार टिमले सुपर फोर खेल्नेछन्। सुपर फोर पछि एसिया कपको फाइनल सेप्टेम्बर १७ मा हुनेछ।

यस्तो छ पाकिस्तानी टोली

अब्दुल्ला शफिक, फखर जमान, इमाम–उल–हक, बाबर आजम (कप्तान), सलमान अली आगा, इफ्तिखर अहमद, तय्यब ताहिर, मोहम्मद रिजवान, मोहम्मद हरिस, शादाब खान (उपकप्तान), मोहम्मद नवाज, उसमा मीर, फहीम अशरफ, हरिस रउफ, मोहम्मद वासिम जुनियर, नसीम शाह, शाहीन अफ्रिदी।
 

विश्वकप क्रिकेट : सर्‍याे भारत र पाकिस्तानबीचकाे खेल, अब कहिले हुन्छ यी दुई देशबीच भिडन्त ?

इकागज | साउन २४, २०८०

काठमाडौं– यस वर्षको आईसीसी पुरुष क्रिकेट विश्वकप अन्तर्गत हुने भारत र पाकिस्तानबीचको खेलको समय सा...

इंग्ल्यान्डविरुद्धको एकदिवसीय सिरिजका लागि बोल्ट र जामिसन न्यूजिल्यान्डको टिममा

इकागज | साउन २४, २०८०

काठमाडौँ- इंग्ल्यान्डविरुद्धको एकदिवसीय सिरिजका लागि न्यूजिल्यान्डले फास्ट बलर ट्रेन्ट बोल्ट र कायल जामिसनला...

क्रिकेट विश्वकपका लागि अस्ट्रेलियाको १८ सदस्यीय प्रारम्भिक टोली सार्वजनिक

इकागज | साउन २२, २०८०

काठमाडौँ- अस्ट्रेलियाले यस वर्ष भारतमा हुने आईसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकपका लागि आफ्नो १८ सदस्यी...

दिपेन्द्रआवद्ध मोन्टरियलले जित्यो ग्लोबल टी-ट्वान्टी क्यानाडाको उपाधि

इकागज | साउन २२, २०८०

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दिपेन्द्र सिंह ऐरीआवद्ध मोन्टरियल टाइगर्सले ग्लोबल टी-ट्व...

पूर्व भारतीय क्रिकेटर पाल्सिकार नेपाली महिला टिमको सल्लाहकार प्रशिक्षक नियुक्त

इकागज | साउन २१, २०८०

काठमाडौँ- पूर्व भारतीय क्रिकेटर देविका दिलिप पाल्सिकर नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको सल्लाहकार प्रश...

दिपेन्द्रआवद्ध मोन्टरियल फाइनलमा, सन्दीपको सर्रेविरुद्ध खेल्ने

इकागज | साउन २१, २०८०

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दिपेन्द्र सिंह ऐरीआवद्ध मोन्टरियल टाइगर्स ग्लोबल टी-ट्वान्...

इंग्ल्यान्डका ब्याटर अलेक्स हेल्सले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

इकागज | साउन २०, २०८०

काठमाडौँ- इंग्ल्यान्डका ब्याट्सम्यान अलेक्स हेल्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । करिब १२ वर्ष...