क्रिकेट

देशका लागि अन्तिम खेलमा ७ रन जोडेर बिदा भए ज्ञानेन्द्र मल्ल

इकागज | साउन २०, २०८०

काठमाडौँ- राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए । सन् २००६ को एकदिवसीय खेलबाट डेब्यु गरेका उनले शुक्रबार पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट आफूले सन्न्यास लिएको घोषणा गरेका हुन् । उनले यससँगै घरेलु प्रतियोगितामा पनि नखेल्ने बताए ।

पूर्वकप्तान मल्लले राष्ट्रिय टोलीमा आफूले शतप्रतिशत दिन नसकेकाले टिमबाट राजीनामा दिने निर्णय गरेको बताए । उजले क्रिकेट नखेले पनि आगामी दिनमा क्रिकेट क्षेत्रमै रहेर काम गर्न इच्छुक भएको उल्लेख गरे । करिब १८ वर्षसम्म चन्द्रसूर्य अङ्कित जर्सी लगाएर देशको प्रतिनिधित्व गर्ने अवसर पाएकोमा मल्लले खुसी व्यक्त गर्दै आफ्ना परिवार र समर्थकलाई धन्यवाद दिए ।

मैदानको हरेक पाइलामा आफ्नो देशको प्रतिनिधित्व गरेकोमा खुसी व्यक्त गर्दै उनले भने, “प्रकृतिको नियमअनुसार जन्मपछि मृत्यु अवश्यम्भावी छ । क्रिकेटमा पनि कुनै समय मैले कसैलाई ‘रिप्लेस’ गरेको थिएँ होला, यो मेरो समय हो । त्यसैले मैले आज मेरो अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा बिराम लगाएर एउटा फरक तरिकाले नयाँ सुरुआत गर्ने निर्णय गरेको छु । इमान्दारीका साथ भन्नु पर्दा अहिले मेरो मन मुटु भारी भइरहेको छ । जुन खेलले मलाई यहाँ सबैमाझ चिनाउन सफल भयो, मान प्रतिष्ठा दियो, सोही खेलबाट बिदा लिन पक्कै सजिलो छैन ।” 

मल्लले विसं २०७६ कात्तिकदेखि कप्तानीको भूमिका निर्वाह गरेका थिए । उनलाई नेपाल क्रिकेट संघ (क्यान) ले २०७८ मङ्सिर २९ मा कप्तानी पदबाट हटाएको थियो । कप्तानबाट हटेको करिब दुई वर्षसम्म उनले राष्ट्रिय टिमबाट खेले ।

पछिल्लोपटक सन् २०२३ को जुलाईमा जिम्बावेमा भएको आइसिसी एकिदवसीय विश्वकप छनोटअन्तर्गत आयरल्यान्डविरुद्धको खेल उनको खेल जीवनको अन्तिम खेल बन्यो । उक्त खेलमा मल्लले ७ रन बनाएका थिए ।

यसैगरी उनी सन् २००५ मा नेपालको यू–१५ टोलीमा छनोट भएका थिए । सोही वर्ष उनी नेपालको यू–१७ र यू–१९ टोलीमा समावेश भएका थिए । मल्लले एकै वर्ष नेपालको तीन वटा उमेर समूह (यू–१५, यू–१७ र यू–१९)सहित राष्ट्रिय टिममा परेर कीर्तिमान बनाएका थिए । सिनियर राष्ट्रिय टिममा भने उनले सन् २००६ बाट डेब्यू गरेका हुन् । 

उनले राष्ट्रिय टिमबाट ३७ एकदिवसीय खेलमा ८७६ रन बनाएका छन् । 

सन्दीपआवद्ध सर्रे फाइनलमा, दिपेन्द्रको मोन्टरियल क्वालिफायर खेल्ने

इकागज | साउन २०, २०८०

काठमाडौँ- सन्दीप लामिछानेआवद्ध सर्रे जागुआर्स ग्लोबल टी-ट्वान्टी क्यानाडाको फाइनलमा प्रवेश गरेको छ । शु...

श्रीमती र छोरीलाई सम्झिँदा भावुक भए क्रिकेटर ज्ञानेन्द्र मल्ल

इकागज | साउन १९, २०८०

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोष...

नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान ज्ञानेन्द्रले लिए क्रिकेटबाट सन्यास

इकागज | साउन १९, २०८०

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका...

एन्डी फ्लाओर रोयल च्यालेन्जर्स बैँग्लोरको मुख्य प्रशिक्षक नियुक्त

इकागज | साउन १९, २०८०

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) टिम रोयल च्यालेन्जर्स बैँग्लोरले एन्डी फ्लाओरलाई मुख्य प्रशिक्षक निय...

वेस्ट इन्डिजविरुद्ध भारतीय टोलीले २००औँ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेल्दै

इकागज | साउन १८, २०८०

काठमाडौँ- भारतीय राष्ट्रिय क्रिकेट टोलीले आज वेस्ट इन्डिजविरुद्ध आफ्नो २०० औँ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल ...

भारतका मनोज तिवारीले लिए क्रिकेटका सबै फर्म्याटबाट सन्यास

इकागज | साउन १८, २०८०

काठमाडौँ- भारतीय अन्तर्राष्ट्रिय क्रिकेटर मनोज तिवारीले बिहीबार सबै फर्म्याटका क्रिकेटबाट सन्यास लिएको घोष...

इङ्ल्यान्ड र अष्ट्रेलियाको विश्व टेस्ट च्याम्पियनसीपको अंक घट्यो

इकागज | साउन १७, २०८०

काठमाडौँ- इङ्ल्यान्ड र अष्ट्रेलिया दुवैको विश्व टेस्ट च्याम्पियनसीपमा अंक घटेको छ । पुरुष एशेज टेस्ट सिर...

सन्दीपको एकदिवसीय वरीयता सुधार, ब्याटिङमा दिपेन्द्र शीर्ष सयभन्दा बाहिर

इकागज | साउन १७, २०८०

काठमाडौँ- लेग स्पिनर सन्दीप लामिछानेको एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा सुधार भएको छ । सन्दीपको बलिङतर्फ...