क्रिकेट

टेस्ट च्याम्पियनसीपको फाइनल खेलेका भारत र अस्ट्रेलियालाई जरिवाना

इकागज | जेठ २९, २०८०

काठमाडौँ- आईसीसी विश्व टेस्ट च्याम्पियनसीपको फाइनल खेलेका भारत र अस्ट्रेलियालाई जरिवाना गरिएको छ । इंग्ल्यान्डको ओभलमा आइतबार सम्पन्न भारत र अस्ट्रेलियाबीचको खेलका क्रममा ‘स्लो ओभर-रेट्स’ कायम गरेको भन्दै दुबै टिमलाई जरिवाना गरिएको आईसीसीले जनाएको छ ।

भारतलाई ‘म्याच-फी’ को शतप्रतिशत तथा अस्ट्रेलियालाई ‘म्याच-फी’ को ८० प्रतिशत जरिवाना गरिएको छ । भारतले निर्धारित समयमा पाँच ओभर कम फालेको तथा अस्ट्रेलियाले चार ओभर कम फालेको ठहर गरिएको छ ।

भारतीय कप्तान रोहित शर्मा र अस्ट्रेलियन कप्तान प्याट कमिन्सले गल्ति स्विकार गरेका छन् ।

यता आईसीसीको नियम तोडेको भन्दै भारतीय ब्याट्सम्यान शुवमन गिललाई ‘म्याच फि’ को १५ प्रतिशत जरिवाना गरिएको छ । उनले अन्तर्राष्ट्रिय खेललाई लिएर सार्वजनिक रुपमा गरेको आलोचनाका कारण जरिवाना गरिएको आईसीसीले जनाएको छ ।

अस्ट्रेलियासँग पराजित भएपछि रोहितको प्रश्न, ‘टेस्ट च्याम्पियनसीपको फाइनल आईपीएलपछि मात्र किन ?’

इकागज | जेठ २९, २०८०

काठमाडौँ- लगातार दोस्रो पटक पराजित भएपछि भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले आईसीसी विश्व टेस्ट च्...

दक्षिण अफ्रिकाको भ्रमण पूरा गरी नेपाली क्रिकेट टिम जिम्बाब्वे प्रस्थान

इकागज | जेठ २८, २०८०

काठमाडौँ- दक्षिण अफ्रिकाको भ्रमण पूरा गरेर नेपाली राष्ट्रिय क्रिकेट टिम जिम्बाब्वे प्रस्थान गरेको छ । जुन १...

नेपालले खेल्न लागेको एसिया कप पाकिस्तान-श्रीलंकामा हुने सम्भावना बलियो

इकागज | जेठ २८, २०८०

काठमाडौँ- नेपालले खेल्न लागेको एसीसी एसिया कप क्रिकेट प्रतियोगिता पाकिस्तान र श्रीलंकामा हुने सम्भावना ...

विश्वकप छनोटको तयारी: नेपालले आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै

इकागज | जेठ २७, २०८०

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटको तयारीमा रहेको नेपालले दोस्रो अभ्यास आज नेदरल्याण्डससँग खेल्दै...