क्रिकेट

वर्षाका कारण नेपाली महिला क्रिकेट टिमले गुमाएको अवसर

इकागज | असार २, २०८०

काठमाडौँ- हङकङमा जारी एसीसी वुमन्स इमर्जिङ टिम्स एसिया कपको समूह चरणबाटै नेपाल बाहिरिएको छ । समूह ‘ए’ अन्तर्गत शनिबार आयोजक हङकङ र नेपालबीचको खेल वर्षाका कारण हुन नसकेपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।

नेपालले समूह चरणमा तीनमध्ये एक खेलमात्र खेल्न पायो । बाँकी दुई खेल वर्षाका कारण हुन नसकेपछि नेपालले दुवै खेलमा अंक बाँड्नुपरेको थियो । नेपालले जुन १३ मा भएको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ९ रनको झिनोअन्तरको पराजय भोगेको थियो ।

त्यसपछि नेपालले जुन १५ मा दोस्रो खेलमा उपाधि दाबेदार भारत ‘ए’ विरुद्ध खेल्ने तालिका रहे पनि नेपाल र भारतबीचको खेल वर्षाका कारण प्रभावित भयो । क्रिकेटमा भारतविरुद्ध जुनसुकै स्तरमा नेपालले विरलै खेल्ने अवसर पाउँछ । तर वर्षाका कारण नेपालले त्यो अवसर गुमाउन पुग्यो ।

भारतविरुद्धको खेल वर्षाका कारण हुन नसकेपछि नेपाली महिला टिमले अंक त बाँड्यो तर भारतविरुद्ध खेल्ने अवसरबाट भने वञ्चित हुन पुग्यो ।

यता शनिबारका लागि तय भएको हङकङविरुद्धको खेल पनि नेपालले खेल्न पाएन । जसका कारण नेपाल समूह चरणबाटै बाहिरिएको हो । नेपालसँगै हङकङ पनि समूह चरणबाटै बाहिरिँदा भारत र पाकिस्तान भने अन्तिम चारमा प्रवेश गरेका छन् ।

अब हाेस्टलमै राखेर क्रिकेट खेलाडीलाई प्रशिक्षण गराइने

सञ्जीव शाह | असार १, २०८०

काठमाडौँ- युवा खेलाडीलाई प्रशिक्षण तथा आवासको सुविधा उपलब्ध गराउने उदेश्यसहित मुलपानी अन्तर्राष्ट्रिय क्रि...

विश्वकप छनोट: लगातार तीन खेल हारेको नेपालले भोलि ओमानसँग खेल्ने

इकागज | जेठ ३१, २०८०

काठमाडौँ- जिम्बाब्वेमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअघिको तीन अभ्यास खेलमा नेपाली क्रिकेट टिमल...