क्रिकेट

विश्वकप छनोट

कप्तान होप र पूरनको शतकमा वेष्ट इन्डिजले दियो नेपाललाई ३४० रनको लक्ष्य

इकागज | असार ७, २०८०

काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट अन्तर्गतको तेस्रो खेलमा वेष्ट इन्डिजविरुद्ध नेपालले ३४० रनको लक्ष्य पाएको छ । जिम्बाब्वेको हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले पूरा ओभर खेलेर ७ विकेट गुमाएर ३३९ रन जोड्यो ।
 
वेष्ट इन्डिजका लागि कप्तान शाई होप र निकोलस पूरन दुवैले शतक प्रहार गरे । शाई होपले १२९ बलमा १३२ रन जाेडेका थिए । निकोलस पूरनले ९४ बलमा १ सय १५ रन बनाएका थिए ।  पूरन र होपले वेष्ट इन्डिजलाई चौथो विकेटका लागि २१६ रनको साझेदारी गरेका थिए । 

नेपालका लागि ललित राजवंशीले तीन विकेट लिए भने करण केसी, गुलशन झा, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान १-१ विकेट लिए ।

विश्वकप बिजेता वेष्ट इन्डिजविरुद्ध बलिङ गर्दै नेपाल, गुल्सनले दिलाए दाेस्राे सफलता

इकागज | असार ७, २०८०

काठमाडौं । जिम्बाब्वेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इण्डिजक...

विश्वकप छनोटः विश्व बिजेता वेष्ट इन्डिजविरुद्ध नेपालले पहिले बलिङ गर्ने

इकागज | असार ७, २०८०

काठमाडौँ- जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गतको तेस्रो खेलमा नेपालले वेष्ट इन्डिजव...

आइसिसी विश्वकप छनोट: नेपाल पहिलोपटक विश्वकप बिजेता वेष्ट इन्डिजसँग भिड्दै

इकागज | असार ७, २०८०

काठमाडौं। नेपालले पहिलो पटक विश्वकप क्रिकेट बिजेतासँग आज क्रिकेट खेल्दैछ । आइसिसी विश्वकप छनोट २०२३ को...

वेस्ट इन्डिजलाई हराउन सके नेपालको सुपर सिक्समा पुग्ने सम्भावना बलियो

इकागज | असार ६, २०८०

काठमाडौँ- जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले भोलि (बिहीबार...