क्रिकेट

विश्वकपको उपाधि हात पारेपछि अस्ट्रेलियाको खुसी (फोटो फिचर)

इकागज | मंसिर ४, २०८०

काठमाडौँ- अस्ट्रेलियाले क्रिकेट विश्वकपको उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा आयोजक भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलियाले छैठौं पटक विश्वकपको उपाधि जितेको हो ।

भारतले दिएको २४१ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

अस्ट्रेलियाको जितमा ट्राभिस हेडले शानदार १३७ रनको शतकीय पारी खेलेका थिए भने मार्नस लाबुसचाग्नेले अविजित ५८ रन बनाएका थिए । 

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा अलआउट हुँदै २४० रन बनाएको थियो ।

अस्ट्रेलियाले यस विश्वकपमा शुरुका दुई खेलमा हार बेहोरेपछि पछिल्ला आठ खेलमा अपराजित हुँदै फाइनलमा पुगेको थियो । अस्ट्रेलियाले योसहित छैठौं पटक विश्वकपको उपाधि जितेको छ । यसअघि अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकप जितेको थियो । 

त्यस्तै यसअघि १९८३ र २०११ को विश्वकप जितेको भारत दोस्रो पटक उपविजेता बनेको छ । यसअघि २००३ को विश्वकपमा भारत उपविजेता बनेको थियो ।

विश्वकप फाइनल : भारतविरुद्ध अस्ट्रेलियाले टस जितेर पहिला बलिङ गर्दै

इकागज | मंसिर ३, २०८०

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकपको फाइनलमा आज भारत र अस्ट्रेलियाबीच भिडन्त हुँदै छन् । अहमदावादस्थित नरे...

विश्वकप क्रिकेटः विजेता टोलीले पाउनेछ ५२ करोड नगद, कस्ले कति पुरस्कार पाउँछन ?

इकागज | मंसिर ३, २०८०

गुजरात- आज भारतमा क्रिकेट विश्वकपको फाइनल खेल हुदैँछ । भारत र अष्ट्रेलियाका बीचमा आज साँझ हुुने फाइनल...

विश्वकप क्रिकेटको फाइनल हेर्न प्रधानमन्त्री मोदी अहमदाबाद जाने

इकागज | मंसिर २, २०८०

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आइतबार हुने विश्वकप क्रिकेटको फाइनलमा सहभागी हुने भएका छ...