क्रिकेट

हेड र नाहिदा आईसीसीको 'प्लेयर अफ द मन्थ' घोषित

इकागज | मंसिर २५, २०८०

काठमाडौँ- अस्ट्रेलियन ब्याटर ट्राभिस हेड नोभेम्बर महिनाको 'आईसीसी प्लेयर अफ द मन्थ' घोषित भएका छन् ।

हेडले अस्ट्रेलियाकै अल-राउन्डर ग्लेन म्याक्सवेल तथा भारतीय फास्ट बलर मोहम्मद शामीलाई पछि पार्दै पुरुषतर्फको उक्त अवार्ड जितेको आईसीसीले जनाएको छ ।

गत नोभेम्बरमा भारतमा सम्पन्न आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको उपाधि अस्ट्रेलियाले जित्दा हेडले दक्षिण अफ्रिकाविरुद्धको सेमिफाइनल तथा भारतविरुद्धको फाइनल खेलमा 'प्लेयर अफ द म्याच' चुनिएका थिए ।

हेडले दक्षिण अफ्रिकाविरुद्ध ६२ रन बनाउनुका साथै २ विकेट पनि हात पारे । त्यसैगरी, भारतविरुद्धको फाइनलमा हेडले १ सय ३७ रनको योगदान गरे ।

महिलातर्फको अवार्ड भने बंगलादेशकी अलराउन्डर नाहिदा अख्तर पाएकी छन् ।

यू-१९ एसिया कप : सर्वाधिक सफल भारतविरुद्ध नेपालले इतिहास दोहोर्‍याउला ?

सञ्जीव शाह | मंसिर २३, २०८०

काठमाडौँ- युनाइटेड अरब इमिरेट्समा जारी एसीसी यू-१९ एसिया कपको तेस्रो खेलमा नेपालले मंगलबार साविक वि...

यू-१९ एसिया कप : बाबर आजमको कप्तानीमा पाकिस्तानले नेपाललाई पराजित गरेको त्यो खेल

सञ्जीव शाह | मंसिर २२, २०८०

काठमाडौँ- पाकिस्तानसँग खेल्दै नेपालले आज एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको सुरुवात गर्दैछ ।&n...