क्रिकेट

कसैले धोनीको जर्सी नम्बर प्रयोग गर्न नपाउने, यस्तो छ अच्चमको कारण

इकागज | मंसिर २९, २०८०

काठमाडौँ- भारतीय पुरुष क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले प्रयोग गर्ने गरेको जर्सी नम्बर अन्य कुनै पनि भारतीय खेलाडीले लगाउन नपाउने भएका छन् ।

द बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई) ले धोनीले अन्तर्राष्ट्रिय खेल तथा इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगाएको जर्सी नम्बर ७ 'रिटायर' गर्ने अर्थात अन्य कुनै पनि खेलाडीलाई प्रयोग गर्न नदिने निर्णय गरेको इन्डियन एक्सप्रेसले जनाएको छ ।

धोनीले भारतका लागि अन्तिम अन्तर्राष्ट्रिय खेल सन् २०१९ को एकदिवसीय विश्वकपमा खेलेका थिए र त्यसपछि उनले सन् २०२० मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका थिए ।

त्यसयता कुनै पनि भारतीय क्रिकेट खेलाडीले ७ नम्बरको जर्सी प्रयोग गरेका छैनन् ।

बीसीसीआईले यसअघि पूर्व भारतीय क्रिकेटर सचिन तेन्दुलकरको जर्सी नम्बर १० लाई पनि रिटायर घोषणा गरेको थियो ।

सूर्यकुमारको शतकमा दक्षिण अफ्रिकाविरुद्ध भारतको शानदार जित

इकागज | मंसिर २९, २०८०

काठमाडौँ- कप्तान सूर्यकुमार यादवले शतक प्रहार गरेपछि पाहुना टोली भारतले दक्षिण अफ्रिकाविरुद्धको तेस्रो त...

निजी क्षेत्रको लगानीमा निर्माणाधीन पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला फागुनबाट सञ्चालनमा आउने

इकागज | मंसिर २८, २०८०

काठमाडौँ- रुपन्देहीमा निजी क्षेत्रको लगानीमा निर्माणाधीन पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला फागुनबाट सञ्...

भारतविरुद्धको टेस्ट सिरिजका लागि टिममा परेपछि रोए २० वर्षीय बशीर

इकागज | मंसिर २७, २०८०

काठमाडौँ- भातरविरुद्धको टेस्ट क्रिकेट सिरिजका लागि इंग्ल्यान्डले टिममा समेट्दा आफू रोएको २० वर्षीय शोएब ब...