क्रिकेट

प्रधानमन्त्री कप महिला टी-२० मा मधेश प्रदेशको दोस्रो जित

इकागज | पुस १२, २०८०

काठमाडौँ - जारी प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत मधेश प्रदेशले दोस्रो जित हासिल गरेको छ । बिहीबार सम्पन्न खेलमा मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई ८ विकेटले पराजित गरेको हो ।

लुम्बिनी प्रदेशले दिएको ९७ रनको लक्ष्य पछाएको मधेश प्रदेशले १८.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि लुम्बिनीले पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर ९६ रन बनाएको थियो ।

यो यस प्रतियोगितामा मधेश प्रदेशको दोस्रो जित हो । यो जितपछि ६ खेलमा ४ अंक हासिल गरेको मधेश अंक तालिकामा छैटौं स्थानमा रहेको छ । त्यस्तै यो हारले लुम्बिनीलाई भने झट्का लागेको छ र प्लेअफमा छनौट हुने सम्भावना मुस्किल बनेको छ ।

लुम्बिनीको ६ खेलमा ४ अंक रहेको छ र अंक तालिकामा पाँचौं स्थानमा रहेको छ ।

अब लिगको अन्तिम खेलमा शनिबार मधेश प्रदेशले कर्णाली प्रदेशको सामना गर्ने छ भने लुम्बिनीले कोशी प्रदेशको सामना गर्नेछ ।
    
   

प्रधानमन्त्री कप महिला टी -२० : कोशीले सुदूरपश्चिमलाई ८ विकेटले हरायो

इकागज | पुस १२, २०८०

काठमाडौँ - जारी प्रधानमन्त्री कप महिला टी- २० क्रिकेट प्रतियोगिता अन्तर्गत कोशी प्रदेशले सुदूरपश्चिम प्रदेश...

महिला राष्ट्रिय क्रिकेट : बागमतीले तेस्रो जित हात पार्दा मधेशको चौथो हार

इकागज | पुस ११, २०८०

काठमाडौँ- पीएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बागमती प्रदेशले तेस्रो जित हात पार्दा मधेश प्...

राहुल बने दक्षिण अफ्रिकाको सेन्चुरियनमा दुई शतक प्रहार गर्ने पहिलो विदेशी क्रिकेटर

इकागज | पुस ११, २०८०

काठमाडौँ- भारतीय विकेट-किपर तथा ब्याटर केएल राहुल दक्षिण अफ्रिकाको सेन्चुरियनस्थित सुपरस्पोर्ट पार्कमा टे...

सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा अब बुधबार सुनुवाइ हुने

इकागज | पुस ८, २०८०

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँले निरन्तर सुनुव...