क्रिकेट

यु-१९ एसिया कप : नेपालले आज पाकिस्तानसँग भिड्दै

इकागज | मंसिर २२, २०८०

काठमाडौँ- एसीसी यू-१९ एसिया कप आजदेखि युएईको दुवईमा सुरू हुँदैछ ।

एशिया कपको पहिलो खेलमा आज समुह ए अन्तर्गत नेपालले पाकिस्तान यू-१९ टिमको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार बिहान ११:१५ बजेदेखि सुरू हुने छ ।

त्यस्तै आज नै समुह ए कै भारत र अफगानिस्तानबीच पनि खेल हुँदैछ । यो खेलपनि नेपाली समय अनुसार बिहान ११:१५ बजेदेखि नै सुरू हुँदैछ ।

नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ एशिय कप खेल्ने नेपाली १४ सदस्यीय टिम दुवई पठाएको छ ।

देव खनालको कप्तानीमा घोषणा गरिएको नेपाली टिममा सिनियर टिमका गुलशन झालाई समावेश गरिएको छ ।

नेपाली टिममा देव खनाल (कप्तान), गुलशन झा, अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपकप्रसाद घिमिरे, हेमन्त धामी, दिपेशप्रसाद कँडेल, विशाल विक्रम केसी, सुवाश भण्डारी, दीपक बोहोरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द रहेका छन् ।

यू-१९ एशिया कपमा नेपाल समुह ए मा भारत, पाकिस्तान र अफगानिस्तानसँग परेको छ । दुवईमा हुने यू-१९ एशिया कप मङ्सिर २२ (डिसेम्बर ८)देखि पुस १ (डिसेम्बर १७) सम्म हुने तालिका रहेको छ ।

खेल तालिका अनुसार नेपालले मङ्सिर २२ (डिसेम्बर ८) मा पाकिस्तानको सामना गर्ने छ । त्यस्तै नेपालले दोस्रो खेल मङ्सिर २४ (डिसेम्बर १०) मा अफगानिस्तानको र मङ्सिर २६ (डिसेम्बर १२) मा भारतको सामना गर्ने छ ।

कुल ८ देशले भाग लिने यू-१९ एशिया कपको समुह बी मा भने बंगलादेश, जापान, श्रीलंका र युएई रहेका छन् ।

दुवै समुहबाट शीर्ष दुई स्थानमा रहने देशले सेमिफाइनलमा स्थान बनाउने छन् । यू-१९ एशिया कपको सेमिफाइनलका खेल मङ्सिर २९ (डिसेम्बर १५) मा हुने छन् भने फाइनल खेल पुस १ (डिसेम्बर १७) मा हुने छ ।

म्याक्सवेल भन्छन्- हिँड्न नसक्ने भएसम्म आईपीएल खेलिरहने छु

इकागज | मंसिर २०, २०८०

काठमाडौँ- अस्ट्रेलियन अलराउन्डर ग्लेन म्याक्सवेलले आफू हिँड्न नसक्ने भएपछि मात्र इन्डियन प्रिमियर लिग खेल्न छ...

काठमाडौँ जिल्ला अपराजित रहँदै क्रिकेट छनोट प्रतियोगिताको च्याम्पियन

इकागज | मंसिर १८, २०८०

काठमाडौँ- प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको बागमती छनोटअन्तर्गत काठमाडौँ जिल्ला च्याम्पियन बनेको...

भारतविरुद्धको क्रिकेट सिरिजका लागि दक्षिण अफ्रिकाले तोक्यो दुई कप्तान

इकागज | मंसिर १८, २०८०

काठमाडौँ- भारतविरुद्धको तीनवटै फर्म्याट क्रिकेट सिरिजका लागि घरेलु टोली दक्षिण अफ्रिकाले दुई कप्तान चयन ...

टेस्ट क्रिकेटमा न्यूजिल्यान्डविरुद्ध बंगलादेशको कीर्तिमानी जित

इकागज | मंसिर १६, २०८०

काठमाडौँ- टेस्ट क्रिकेटमा बंगलादेशले न्यूजिल्यान्डमाथि कीर्तिमानी जित हात पारेको छ । बंगलादेशमा जारी...

एक खेलअगावै भारतले जित्यो अस्ट्रेलियाविरुद्ध क्रिकेट सिरिज

इकागज | मंसिर १६, २०८०

काठमाडौँ- एक खेल अगावै भारतले पाहुना टोली अस्ट्रेलियाविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरि...

विश्वकपको ट्रफीमाथि खुट्टा राखेको विषयमा मिचेल मार्सले तोडे मौनता

इकागज | मंसिर १५, २०८०

काठमाडौँ- आयोजक भारतलाई पराजित गर्दै अस्ट्रेलियाले गत महिना कीर्तिमानी छैटौँपटक आईसीसी एकदिवसीय क्रिके...