क्रिकेट

दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टमा भारत ७ विकेटले विजयी

इकागज | पुस १९, २०८०

काठमाडौँ - भारतले दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टमा ७ विकेटको जित हासिल गरेको छ। टेस्टको दोस्रो दिन भारतले पाएको ७९ रनको लक्ष्य ३ विकेट गुमाएर पुरा गर्दै जित हासिल गरेको हो।

यस अघि टेस्टको दोस्रो दिन आफ्नो दोस्रो इनिंगमा दक्षिण अफ्रिका १७६ रन बनाएर अलआउट भएपछि भारतले ७९ रनको लक्ष्य पाएको थियो ।

दक्षिण अफ्रिकाका लागि एडेन मार्क्रमले १०६ रनको शतकीय पारी खेलेका थिए । उनलाई अन्य ब्याट्सम्यानले साथ दिएका थिएनन्। 

त्यस्तै भारतीय बलर जसप्रित बुमराहले सर्वाधिक ६ विकेट लिएका थिए भने मुकेश कुमारले २ विकेट लिएका थिए। त्यस्तै मोहमद सिराज र प्रसिद्ध कृष्णले एक एक विकेट लिएका थिए।

यसअघि दक्षिण अफ्रिका पहिलो इनिंगमा ५५ रनमा अल आउट भएको थियो भने भारतले १५३ रन बनाएको थियो। 

यो जितपछि २ खेलको सिरिजमा १(१ को बराबरीमा सकिएको छ ।  यसअघि दक्षिण अफ्रिकाले पहिलो खेल एक इनिंग र ३२ रनले जितेको थियो।

वार्नरको बिदाइ टेस्टका लागि अस्ट्रेलियाको प्लेइङ-११ सार्वजनिक

इकागज | पुस १७, २०८०

काठमाडौँ- अस्ट्रेलियाले पाहुना टोली पाकिस्तानविरूद्धको तीन खेलको टेस्ट सिरिजको अन्तिम खेलका लागि प्लेइङ-...

जिल्ला अदालतको फैसलाविरुद्ध असन्तुष्ट सन्दीपले उच्चमा पुनरावेदन गर्ने

इकागज | पुस १४, २०८०

काठमाडौँ- काठमाडौँ जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतमा पुनरावेदन ...

बलात्कार मुद्दामा दोषी ठहरपछि प्रो क्लबको फाइनलमा टिम बाहिर सन्दीप

इकागज | पुस १४, २०८०

पर्सा- पर्साको नारायणी रंगशाला जारी नेपाल प्रो क्लब च्याम्पियनसिप क्रिकेटको फाइनल सन्दीप लामिछानेलाई टिम ...

चर्चित र सर्वाधिक सफल क्रिकेटर सन्दीप लामिछानेको मुद्दाबाट क्यानले के सिक्ने ?

सञ्जीव शाह | पुस १४, २०८०

काठमाडौँ- काठमाडौँ जिल्ला अदालतले चर्चित तथा सर्वाधिक सफल नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आ...