क्रिकेट

सूर्य तामाङले ह्याट्रिकसहित ६ विकेट लिएपछि मधेशमाथि बागमतीको सानदार जित

इकागज | माघ २, २०८०

काठमाडौँ- सूर्य तामाङले ह्याट्रिकसहित ६ विकेट हात पारेपछि पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले मधेश प्रदेशमाथि सानदार जित हात पारेको छ ।

काठमाडौँको मूलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा बागमतीले मधेशलाई ८६ रनले पराजित गरेको हो ।

१ सय ९१ रनको सामान्य लक्ष्य पछ्याएको मधेशले २९ ओभरमा सबै विकेट गुमाएर १ सय ४ रनमात्र बनाउन सक्यो ।

मधेशको इनिङ्स धराशायी बनाउन बागमतीका सूर्य तामाङले उत्कृष्ट बलिङ गरे । उनले २९ औँ ओभरमा ह्याट्रिक पूरा गर्नुका साथै ४ विकेट हात पारेका थिए ।

सूर्यले २९ औँ ओभरको पहिलो बलमा रुपेश सिंह, दोस्रो बलमा राजेश यादव तथा तेस्रो बलमा सम्सद अन्सारीको विकेट लिँदै ह्याट्रिक पूरा गरे र अन्तिम बलमा रंजित कुमारलाई आउट पारे ।

सूर्यले ९ ओभर बलिङ गर्दा ३ मेडल ओभर फाल्दै केवल १८ रन खर्चिए । बागमतीका प्रतिश जिसी र इशान पाण्डेले समान २-२ विकेट हात पारे ।

मधेशका लागि पवन सर्राफले सर्वाधिक ४५ तथा मयक यादवले ३१ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले ४९ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय ९० रन बनाउँदा प्रतिश जिसीले ५९ रन जोडे ।

मधेशका अरनिको यादव र रुपेश सिंहले समान २-२ विकेट हात पारे ।

राष्ट्रिय क्रिकेट : एपीएफको लगातार दोस्रो जित, कोशीको दोस्रो हार

इकागज | माघ १, २०८०

काठमाडौँ- पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल एपीएफ क्लबले लगातार दोस्रो जित हात पारेको...

राशिदको शतकमा नेपाल पुलिस विजयी, लुम्बिनीको जितमा अजयको ५ विकेट

इकागज | पुस २८, २०८०

काठमाडौँ- शनिबारबाट सुरु भएको पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब र लुम्बिनी...

पीएम कप क्रिकेट प्रतियोगिता आजदेखि, सात प्रदेश र तीन विभागीय टिम खेल्दै

इकागज | पुस २८, २०८०

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिता (प...