क्रिकेट

टी-ट्वान्टी सिरिज : अफगानिस्तानविरुद्ध भारतको जित

इकागज | पुस २७, २०८०

काठमाडौँ- भारतले पाहुना टोली अफगानिस्तानविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिजको पहिलो खेलमा जित हात पारेको छ ।

बिहीबार राति मोहालीमा भएको खेलमा भारतले अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको हो । यससँगै भारतले सिरिजमा १-० को अग्रता लिएको छ ।

बिहीबार राति अफगानिस्तानले दिएको १ सय ५९ रनको लक्ष्य भारतले १७ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

भारतलाई जित दिलाउन प्लेयर अफ द म्याच घोषित भएका शिवम दुवेले ४० बलमा अविजित ६० रनको योगदान गरे । जितेश शर्माले ३१ रन जोडे ।

अफगानिस्तानका मुजिब उर रहमानले २ तथा अजमातुल्लाह ओमरजाईले १ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५८ रन जोड्दा मोहम्मद नावीले सर्वाधिक ४२ रन बनाए ।

भारतका मुकेश कुमार र अक्सर पटेलले समान २-२ तथा शिवम दुवेले १ विकेट हात पारे ।

क्यानले गर्‍यो सन्दीपलाई घरेलु र अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट निलम्बन

इकागज | पुस २६, २०८०

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । बलात्कारमा दोष...

क्यानको जीएम नियुक्तिमा पारस खड्काको स्वार्थ बाझिएको आरोप, अदालत जाने चेतावनी

इकागज | पुस २५, २०८०

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) को महाप्रबन्धक (जीएम) नियुक्तिमा सचिव पारस खड्काको स्वार्थ बाझिएको आर...

टी-ट्वान्टी विश्वकप : नेपालका लागि बंगलादेशलाई पराजित गर्ने अर्को सुनौलो अवसर

सञ्जीव शाह | पुस २२, २०८०

काठमाडौँ- अमेरिका र वेस्ट इन्डिजले आगामी जुनमा संयुक्त रुपमा आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकप आयोजना ग...

पाकिस्तानविरुद्धको सिरिज 'क्लिन स्विप' गर्दै अस्ट्रेलियाले गर्‍यो वार्नरको बिदाइ

इकागज | पुस २१, २०८०

काठमाडौँ- पाहुना टोली पाकिस्तानविरुद्धको तीन खेलको टेस्ट क्रिकेट सिरिज 'क्लिन स्विप' गर्दै अस्ट्रे...

टी-ट्वान्टी विश्वकप : नेपालको खेल अमेरिका र वेस्ट इन्डिज दुवैमा खेलाइने सम्भावना

सञ्जीव शाह | पुस २०, २०८०

काठमाडौँ- यस वर्षको आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकप आगामी जुन ४ देखि ३० तारिखसम्म अमेरिका र वे...