कूटनीति

दिगो विकासका लक्ष्य प्राप्तिमा स्वीडेनले सघाउने

इकागज | जेठ १, २०८१

काठमाडौँ- स्वीडेनले दिगो विकासका लक्ष्य प्राप्तिका निम्ति नेपाललाई सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । युरोपेली संघ–नेपाल व्यापार मञ्चको बैठकमा भाग लिन काठमाडौँ आउनुअघि नेपालका लागि स्वीडेनका गैरआवासीय राजदूत जान थेसलेफले नयाँदिल्लीबाट जारी गरेको वक्तव्यमा उक्त प्रतिबद्धता व्यक्त गरिएको छ ।

यही जेठ २ र ३ गते यहाँ आयोजना हुने युरोपेली संघ–नेपाल व्यापार मञ्चको बैठकमा भाग लिने स्वीडिस प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान राजदूत थेसलेफ काठमाडौँ आउँदै छन् ।

“स्वीडेन र नेपालबीचको व्यापार प्रवर्द्धनका साथै नेपालमा स्वीडिस कम्पनीहरूको व्यापार साझेदारीका सम्भावनाहरूको खोजी गर्न बैठकमा मेरो सहभागिता उपयोगी हुने विश्वास गरेको छु”, उनले वक्तव्यमा भनेका छन् ।

राजदूत थेसलेफले स्वीडेन–नेपाल सम्बन्धलाई अझ सुदृढ तुल्याउन आफ्नो भ्रमण उपयोगी हुने विश्वास व्यक्त गर्दै जलवायु पहल र दिगो विकासका लक्ष्य हासिल गर्ने नेपाल सरकारको लक्ष्यमा सघाउन स्वीडेन प्रतिबद्ध रहेको बताएका छन् ।

राजदूत थेसलेफ नेतृत्वको प्रतिनिधिमण्डलमा स्वीडेनका उद्यमी, व्यवसायी, सरकारी प्रतिनिधिका साथै ऊर्जा निकायका पदाधिकारी सहभागी छन् । 

स्वीडेन र नेपालबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयता दुई देशबीचको आपसी सम्मान, समझदारी र मित्रतामा आधारित सम्बन्ध निरन्तर प्रगाढ बन्दै आएको छ । रासस

उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको भेट, नेपालमै उद्योग व्यवसाय खोल्न आग्रह

इकागज | बैशाख ३१, २०८१

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसित चिनियाँ लगानीकर्ताले आज भेट गरेका छन् । ...

जापानी परराष्ट्रमन्त्री योकोको रोजाइमा नेपाली लेखकका पुस्तक

इकागज | बैशाख २३, २०८१

काठमाडौँ- नेपालको एकदिने भ्रमणमा आएका जापानी परराष्ट्रमन्त्री खामिखावा योको आज जमलस्थित मण्डला बुक प्वाइन्...

हिमाल र पानीको स्रोत जोगाउन विकसित राष्ट्रलाई गम्भीर हुन राष्ट्रपतिको आग्रह

इकागज | बैशाख २३, २०८१

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा आएकी जापानकी विदेशमन्त्री कामीकावा योकोल...

जापानी विदेशमन्त्री योको र परराष्ट्रमन्त्री श्रेष्ठबीच भेटवार्ता

इकागज | बैशाख २३, २०८१

काठमाडौँ- जापानका विदेशमन्त्री खामिखावा योको र उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठबीच सिंहदरब...

भारतले भन्यो - नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन

इकागज | बैशाख २३, २०८१

काठमाडौँ - सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा राख्ने निर्णय गरेपछि भारतका विदेशमन्त्र...

जापानका परराष्ट्रमन्त्री कामिकावा दिउँसो १ बजे नेपाल आइपुग्ने

इकागज | बैशाख २३, २०८१

काठमाडौँ - जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज आउँदै छिन् । उनी दिउँसो १ ...