सुनिता तेब्बर बढी मतले अगाडि
काठमाडौ - काठमाण्डौ महानगरपालिकाको उपमेयरमा एमालेकी सुनिता डंगोलको अग्रता कायमै छ । पछिल्लो परिणामअनुसार डंगोलले ४६ हजार २ सय २१ मत प्राप्त गरेकी छन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १५ हजार ४ सय ११ मत पाएका छन् । सुनिता श्रेष्ठभन्दा ३० हजार ८ सय १० मतले अगाडि छिन् ।
मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह अग्र स्थानमा छन् । काठमाडौँको हालसम्म १ लाख २८ हजार ४ सय ८५ मत गनिएको छ । स्वतन्त्र तर्फका उम्मेदवार साहले ४३ हजार ८ सय ५० मत ल्याएका छन् ।
नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापित २५ हजार ५९ मत ल्याएर पछ्याइरहेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २५ हजार ९ सय ४४ ल्याएकी छन् ।