ट्रान्सर्फमरमा समस्या आएपछि विद्युत् उत्पादन बन्द

इकागज | भदौ ६, २०८१

भजनी - कैलालीको जानकी गाउँपालिका–९ कटाक्षेमा निर्माण भएको जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनामार्फत निर्माण भएको जलविद्युत् ट्रान्सफर्मरमा समस्या आएपछि एक महिनादेखि बन्द अवस्थामा रहेको हो ।

विद्युत् गृहको ३३ केभी पिटी ट्रान्सफर्मर जलेपछि विद्युत् उत्पादन एक महिनादेखि बन्द छ । जलेको सामान नेपाल बाहिरबाट ल्याउनुपर्ने हुँदा पुनः सञ्चालन गर्न समय लागेको बताइएको छ ।

“नेपालमा सामान पाइएन । भारतमा पनि उत्पादन गरेरै ल्याउनुपर्ने भएको हुँदा समय लागेको हो । तुन्दी निर्माण कम्पनीका उदयराज पोख्रेलले भने, “पहिलेको पुरानो सामानको स्याम्पल पठाएपछि मात्रै सामान बन्यो । अब एक हप्ताभित्र सामान पुग्ने भनिएको छ । सामान जडान गरेर पुनः विद्युत् उत्पादनलाई निरन्तरता दिन्छौँ ।”

 पाँच पटकसम्म म्याद थप गरेर काम सम्पन्न गरेको निर्माण कम्पनीले अझै पनि क्षमता अनुसारको विद्युत् उत्पादन गर्न सकेको छैन ।  चार दशमलव ७१ मेगावाट विद्युत् उत्पादन क्षमता भए पनि अहिले तीन दशमलव १४ मेगावाट विद्युत् उत्पादन हुँदै आएको थियो ।

तीनवटा युनिटबाट विद्युत् उत्पादन गर्न सकिने भए पनि दुई वटा युनिटबाट मात्रै विद्युत् उत्पादन हुँदै आएको रानी जमरा कुलरिया सिँचाइ आयोजनाका सूचना अधिकारी नवीन पौडेलले जानकारी दिए । 

“पूर्णरुपमा अझै विद्युत् उत्पादन हुन सकेको छैन । क्षमताअनुसार विद्युत् उत्पादन भएपछि मात्रै त्यसको स्वामित्व सिँचाइ आयोजनाले ग्रहण गर्छ,” सूचना अधिकारी पौडेल भन्छन्, “आउने पुससम्म निर्माण कम्पनीको सम्झौता अनुसारको समय छ । त्यो अवधिसम्म सबै काम सम्पन्न गरेर हस्तान्तरण गर्ने भनेको छ ।”

सो क्षेत्रबाट उत्पादन भएको विद्युत् २०८० फागुनमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो । ३३ केभी लम्की सब स्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको निर्माण कम्पनीका साइट इन्चार्ज पोख्रेल बताउँछन् । 
 

विद्युत विकासको क्षेत्रमा प्रसारण लाइनलाई महत्वका साथ अघि बढाइने - अर्थमन्त्री पौडेल

इकागज | भदौ ५, २०८१

काठमाडौँ - उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विद्युत विकासको क्षेत्रमा प्रसारण लाइनलाई महत्वका स...

हरिपुर्वामा सबस्टेशन प्रसारण लाइन विस्तारमा अवरोध, अँध्यारोमा बस्‍न बाध्य स्थानीय

इकागज | भदौ १, २०८१

बरहथवा (सर्लाही)- प्रसारण लाइन विस्तारमा अवरोध हुँदा सर्लाहीको हरिपुर्वालगायत क्षेत्रका स्थानीय अँध्यारोमा...

सरकार र निजी क्षेत्रको परस्पर सहयोगमा ऊर्जा क्षेत्रको विकास जरुरी : मन्त्री खड्का

इकागज | भदौ १, २०८१

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार र निजी क्षेत्रको परस्पर सहयोगमा मुलुकमा ऊर्ज...

२५ मेगावाटको सेती जलविद्युत् आयोजना सम्पन्न :  परीक्षण उत्पादन सुरु हुँदै

इकागज | साउन २९, २०८१

कास्की - २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । कास्कीको माछापुच्छ्रे ...

आठ वर्षमा आधा घट्यो विद्युत् चुहावट, हरेक वर्ष १२ अर्ब थप आम्दानी

इकागज | साउन २७, २०८१

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले पछिल्लो आठ वर्षमा प्रसारण तथा वितरण प्रणालीमार्फत भइरहेको विद्युत् चु...