फुटबल

सिटीका ब्रुएन र लापोर्तेले लेइपजिगविरुद्धको खेल गुमाउने

इकागज | फागुन १०, २०७९

काठमाडौँ- इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुएन र डिफेन्डर अयमेरिक लापोर्तेले च्याम्पियन्स लिगअन्तर्गतको जर्मन क्लब आरबी लेइपजिगविरुद्ध खेल गुमाउने भएका छन् ।

ब्रुएन र लापोर्तेले बुधबार हुने अन्तिम १६ को पहिलो लेगको खेल गुमाउने सिटीमा मुख्य प्रशिक्षक पेप गुआर्डियोलाले बताएको रोयटर्सले जनाएको छ । दुबै जना विरामी परेपछि उनीहरुले खेल गुमाउने भएका हुन् ।  

ब्रुएनले यस सिजन ३१ खेलमा १८ गोलका लागि असिस्ट गरेका छन् ।

मनाङ मस्याङ्दी र हिमालयन शेर्पा भिड्‌दै :  कसले जित्ला गोल्डकपको उपाधि ?

इकागज | फागुन १०, २०७९

मकवानपुर- मकवानपुरको हेटौंडामा जारी पाँचौ स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको...

म्यानचेस्टर युनाइटेड खरिदका लागि कतारी शेख जमिस र इनियोस बोलकबोलमा

इकागज | फागुन ६, २०७९

काठमाडौँ- कतारको सबै भन्दा ठूलो बैंक मध्ये एक बैंकका मालिक शेख जसिम बिन हमाद अल थानीको कम्पनीले इंग्ल...