फुटबल

पीएसजीका फरवार्ड मेस्सीले बार्यनविरुद्धको खेल गुमाउने सम्भावना

इकागज | माघ २७, २०७९

काठमाडौँ- फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले च्याम्पियन्स लिगअन्तर्गतको जर्मन क्लब बायर्न म्युनिखविरुद्ध खेल गुमाउने सम्भावना बढेको छ ।

मेस्सीले च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेग गुमाउने सम्भावना रहेको रोयटर्सले जनाएको छ । पीएसजी र बायर्नबीचको पहिलो लेग फेब्रुअरी १५ मा हुनेछ ।

फ्रेन्च कपअन्तर्गत ओलम्पिक मार्सलविरुद्धको पीएसजीले २-१ को पराजय भोग्दा मेस्सी पुरा समय नै मैदानमा रहेका थिए ।

तर उनले ह्यामस्ट्रिङमा समस्या झेलिरहेको र सोही कारण बायर्नविरुद्ध खेल गुमाउन सक्ने भएका छन् । मेसीले फ्रेन्च लिग वानअन्तर्गत एएस मोनाकोसँगको खेल पनि गुमाउने सम्भावना रहेको छ ।

पीएसजीका अर्का फरवार्ड कायलियन एमबाप्पे पनि घाइते छन् र उनले बार्यनविरुद्ध खेल गुमाउने निश्चित भइसकेको छ ।

साफ च्याम्पियनसीपको फाइनलमा नेपालले भोलि बंगलादेशविरुद्ध खेल्ने

इकागज | माघ २५, २०७९

काठमाडौँ- बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसीपको फाइनल बिहीबार हुँदैछ । ढाकास्थित बीएसएसएस ...