फिफा विश्वकपः क्रोएसिया र मोरक्कोबीचको खेल शनिबार
काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबलको तेस्रो स्थानका लागि शनिबार खेल हुँदैछ । तेस्रो स्थानका लागि मोरक्को र क्रोएसियाबीच खेल हुनेछ ।
मोरक्को र क्रोएसियाबीचको खेल खलिफा इन्टरनेसनल स्टेडियममा नेपाली समय अनुसार राति ८:४५ बजेबाट सुरु हुनेछ ।
यसघि भएको सेमिफाइनलमा साविक उपविजेता क्रोएसियाले अर्जेन्टिनाविरुद्ध ३-० को पराजय भोग्दा फ्रान्सले भने मोरक्कोलाई २-० ले पराजित गरेको थियो ।
अर्जेन्टिना र फ्रान्सबीचको फाइनल खेल भने आइतबार राति हुने छ ।