फुटबल

फिफा विश्वकपः पोर्चुगललाई स्तब्ध बनाउँदै मोरक्को सेमिफाइनलमा

इकागज | मंसिर २४, २०७९

काठमाडौँ- मोरक्कोले कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ । शनिबार राति भएको क्वार्टरफाइनल खेलमा उपाधि दावेदार मानिएको पोर्चुगललाई स्तब्ध तुल्याउँदै मोरक्कोले पहिलो पटक सेमिफाइनलको यात्रा तय गरेको हो ।

मोरक्कोलाई पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुर्याउन युसेफ इन-नेसरीले निर्णायक गोल गरे । उनले ४२ औँ मिनेटमा गोल गर्दै मोरक्कोलाई जित दिलाए । मोरक्कोका वालिद छेडिराले दोस्रो हाफको इन्जुरी समयमा रातो कार्ड खाएका थिए ।

यसअघि मोरक्को सन् १९८६ मा अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो । मोरक्कोले छैटौं पटक विश्वकपमा सहभागिता जनाइरहेको छ ।

विश्वकपको सेमिफाइनलमा प्रवेश गर्ने मोरक्को पहिलो अफ्रिकी मुलुक समेत बनेको छ ।

रोइरहेका नेयमारलाई क्रोएसियाका मिडफिल्डर पेरिसिकका छोराको सान्त्वना (भिडियो)

इकागज | मंसिर २४, २०७९

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबलबाट बाहिरिएपछि ब्राजिलका स्टार फरवार्ड नेयमारलाई क्रोएसियाका म...

फिफा विश्वकपः अर्जेन्टिना सेमिफाइनलमा, क्रोएसियाविरुद्ध खेल्ने

इकागज | मंसिर २४, २०७९

काठमाडौँ- अर्जेन्टिना कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको क्वार्ट...

फिफा विश्वकपः ब्राजिल र क्रोएसियाबीचको खेल अतिरिक्त समयमा

इकागज | मंसिर २३, २०७९

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गतको ब्राजिल र क्रोएसियाबीचको क्वार्टरफाइनल खेल अतिरिक्त सम...

मेस्सीले सम्झौता नवीकरण गर्नेमा पीएसजी अध्यक्ष विश्वस्त

इकागज | मंसिर २३, २०७९

काठमाडौँ- फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीसँगको सम्झ...

रामोस भन्छन्, सुरुवाती-११ मा पर्ने कुरा कल्पनामा पनि सोचेको थिइनँ

इकागज | मंसिर २१, २०७९

काठमाडौँ- पोर्चुगलका युवा खेलाडी गोनकालो रामोसले स्विट्जरल्याण्डविरुद्ध ह्याट्रिक पुरा गर्ने कुरा सपनामा प...