फुटबल

फिफा प्रतिबन्धबीच किरण चेम्जोङ भारतीय क्लबमा अनुबन्धित

इकागज | भदौ ६, २०७९

काठमाडौँ- विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) माथि प्रतिबन्ध लगाएपनि भारतीय क्लबहरूले भने खेलाडीलाई अनुबन्धन गरिरहेका छन् । 

द टाइम्स अफ इन्डियाले जनाए अनुसार फिफाले भारतीय क्लबहरूलाई खेलाडी अनुबन्धका लागि अनुमति दिएको छ । फिफाको प्रतिबन्धपछि पनि एआईएफएफले ६ खेलाडी दर्ता गरेका छन् । 

जसमध्ये नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक किरण चेम्जोङलाई भारतीय आई लिग टिम राउन्डग्लास पञ्जाब एफसीले आइतबार अनुबन्ध गरेको हो । 

द टाइम्स अफ इन्डियाका अनुसार चेम्जोङलाई माल्दिभ्सको माजिया फुटबल क्लबबाट पञ्जाबले भित्र्याएको हो ।