फुटबल

पराजयपछि म्यानचेस्टरका प्रशिक्षक हागले खेलाडीलाई दौडाए १४ किलोमिटर

इकागज | साउन ३०, २०७९

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत ब्रेन्टफोर्डविरुद्ध लज्जास्पद हार बेहोरेपछि म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक एरिक टेन हागले खेलाडीहरूको छुट्टी कटौती गरेका छन् ।

त्यतिमात्र नभएर हागले खेलाडीहरुलाई प्रशिक्षण बाहेक १३.८ किलोमिटर दौडिन लगाएको गोल डटकमले जनाएको छ । लिगको दोस्रो खेलमा युनाइटेडले ब्रेन्टफोर्डविरुद्ध ४-० को पराजय भोगेको थियो । जबकी पहिलो खेलमा ब्राइटनसँग २-१ ले पराजित भएको थियो । 

युनाइटेडले अब अगस्ट २२ मा लिभरपुलविरुद्ध खेल्ने तालिका रहेको छ र त्यसअघि ब्रेन्टफोर्डविरुद्धको खेलपछि हागले खेलाडीहरुलाई विश्राम दिने योजना बनाएका थिए । 

तर ब्रेन्टफोर्डविरुद्धको लज्जास्पद पराजयपछि आइतबार हागले अभ्यास मात्र गराएनन् खेलाडीहरुलाई थप करिब १४ किलोमिटर दौडन लगाए । 
 

एएफसी क्लब च्याम्पियनसीपः गोकुलमका लागि सावित्रा मुख्य खेलाडी

इकागज | साउन २९, २०७९

काठमाडौँ- नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी सम्मिलित भारतीय फुटबल क्लब गोकुलक ...