फुटबल

बुन्डेसलिगामा बार्यन म्युनिखको शानदार सुरुवात

इकागज | साउन २१, २०७९

काठमाडौँ- यस सिजनको जर्मन बुन्डेसलिगामा डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखले शानदार सुरुवात गरेको छ । शनिबार बिहान भएको खेलमा म्युनिखले इन्ट्राच फ्रान्कफर्टलाई ६-१ गोल अन्तरले पराजित गरेको हो ।

म्युनिखको जितमा जमाल मुसियालाले दुई गोल गर्दा जोसुआ किमिची, बेन्जामिन पावार्ड, साडियो माने र सर्ज नाब्रीले एक-एक गोल गरे ।

फ्रान्कफर्टका लागि एकमात्र गोल रान्डाल कोलो मुआनीले गरे ।

खेलको पाँचौं मिनेटमा गोल गर्दै किमिचीले म्युनिखलाई सुरुवाती अग्रता दिलाउँदा १० औँ मिनेटमा पावार्डले अग्रता दोब्बर बनाए । मानेले २९ औँ, मुसियालाले ३५ औँ तथा नाब्रीले ४३ औँ मिनेटमा गोल थप्दा म्युनिखले ५ गोलको अग्रता लिएको थियो ।

६४ औँ मिनेटमा मुआनीले फ्रान्कफर्टका लागि एक गोल फर्काएपनि मुसियालाले ८३ औँ मिनेटमा थप एक गोल गरेपछि म्युनिखले शानदार जित हात पार्‍यो ।

कतार विश्वकपबाट हुने आम्दानी च्यारिटीलाई दिने क्यानाडाका डेभिजको घोषणा

इकागज | साउन १८, २०७९

काठमाडौँ – क्यानाडाका डिफेन्डर अल्फोन्सो डेभिजले कतारमा हुने २०२२ फिफा विश्वकपबाट हुने आम्दानी &l...

२०३० को विश्वकप आयोजनाका लागि उरुग्वे, अर्जेन्टिना, चिली र पाराग्वेको प्रस्ताव

इकागज | साउन १८, २०७९

काठमाडौँ – सन् २०३० को फिफा विश्वकप आयोजनाका लागि अर्जेन्टिना, चिली, उरुग्वे र पाराग्वले संयुक्त प्...