फुटबल

युरोकपमा आज फ्रान्स र बेल्जियम खेल्दै

इकागज | असार १७, २०८१

काठमाडौँ - जारी युरोकपको नक आउट चरणमा आज फ्रान्स र बेल्जियमबीच खेल हुँदैछ । यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि शुरु हुँदैछ ।

समूह चरणमा फ्रान्स समूह डी मा दोस्रो हुँदै नक आउट चरणमा पुगेको हो । फ्रान्सले ३ खेलमा एक जित र २ खेल बराबरी खेलेको थियो । फ्रान्सले पहिलो खेलमा अस्ट्रियालाई १-० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा नेदरल्याण्डससँग गोल रहित बराबरी खेलेको थियो भने तेस्रो खेलमा पोल्याण्डसँग १-१ गोलको बराबरी खेलेको थियो ।

त्यस्तै बेल्जियम समूह चरणमा समूह ई मा तेस्रो हुँदै नक आउट चरणमा पुगेको हो । बेल्जियमको ३ खेलमा एक जित एक बराबरी र एक हार बेहोरेको थियो ।

बेल्जियमले पहिलो खेलमा स्लोभाकियासँग १-० गोल अन्तरले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा रोमानियालाई २-० गोल अन्तरले पराजित गरेको थियो भने तेस्रो खेलमा युक्रेनसँग गोल रहित बराबरी खेलेको थियो ।

फ्रान्सले अहिलेसम्म १९८४ र २००० गरी दुई पटक युरोकपको उपाधि जितेको छ भने २०१६ मा उपविजेता बनेको थियो । त्यस्तै बेल्जियमले भने अहिलेसम्म युरोकपको उपाधि जित्न सकेको छैन । बेल्जियम १९८० मा फाइनलमा पुगेर पराजित भएको थियो ।

फ्रान्स र बेल्जियमबीच अहिलेसम्म ७५ खेल भएका छन् । जसमा फ्रान्सले २६ खेल जितेको छ र बेल्जियमले ३० खेल जितेको छ । त्यस्तै १९ खेल बराबरी भएका थिए ।
      

नेपालले लेबनानमा हुने सेडार्स महिला फुटबल प्रतियोगिता नखेल्ने

इकागज | असार १५, २०८१

काठमाडौँ- नेपाली राष्ट्रिय महिला फुटबल टिमले लेबनानमा आयोजना हुने सेडार्स महिला अन्तर्राष्ट्रिय फुटबल प्र...

एस्टन भिल्लाले अनुबन्ध गर्‍यो चेल्सीका लेफ्ट ब्याक माट्सेन

इकागज | असार १५, २०८१

काठमाडौँ- एस्टन भिल्लाले चेल्सीका लेफ्ट ब्याक इयान माट्सेनलाई अनुबन्ध गरेको छ । एस्टन भिल्लाले माट्सेनलाई ३...