फुटबल

युरोकप : समूह 'बी'बाट स्पेन र इटाली नकआउट चरणमा

इकागज | असार ११, २०८१

काठमाडौँ- इटाली जारी युरोकपको नकआउट चरणमा पुगेको छ । गएराति भएको समूह बी अन्तर्गतको खेलमा क्रोएसियासँग १-१ गोलको बराबरी खेल्दै इटाली प्रतियोगिताको नकआउट चरणमा पुगेको हो ।

इटालीका लागि ९० मिनेटपछिको इन्जुरीसमयमा माटिया जाकाग्नीले गोल गर्दै बराबरी गोल गरेका थिए । यस अघि खेलको ५५औं मिनेटमा लुका मोड्रीचले गोल अग्र्दै क्रोएसियालाई शुरुवाती अग्रता दिलाएका थिए ।

गएराती नै समपन्न समूह 'बी'को अर्को खेलमा स्पेनले अल्बानियालाई १-० गोल अन्तरले पराजित गरेको छ । स्पेनले खेलको १३औं मिनेटमा फारान टोरेजको गोलमा जित हासिल गरेको हो ।

यो जितपछि समूह 'बी'मा तीनै खेल जितेर ९ अंक सहित स्पेन शीर्ष स्थानमा रहेको छ र नकआउट चरणमा पुगेको छ भने इटालीले ३ खेलमा ४ अंकसहित समूहमा दोस्रो हुँदै नकआउट चरणमा पुगेको छ ।

त्यस्तै क्रोएसियाको ३ खेलमा २ अंक रहेको छ र नकआउटमा पुग्ने सम्भावना कायम रहेको छ । अब समूह चरणका खेलपछि ६ वटै समूहका तेस्रो स्थानमा रहेका  देशमध्ये शीर्ष चारमा रहन सकेमा क्रोएसिया नकआउट चरणमा पुग्ने छ । अहिले भने क्रोएसिया पाँचौं स्थानमा रहेको छ ।

त्यस्तै समूह 'बी'बाट अल्बानिया भने ३ खेलमा एक अंक हासिल गर्दै प्रस्तियोगिताबाट बाहिरिएको छ ।

कोपा अमेरिका: भोलि अमेरिकाले बोलिभिया र उरुग्वेले पानामाविरुद्ध खेल्दै

इकागज | असार ९, २०८१

काठमाडौँ- अमेरिकामा जारी कोपा अमेरिका फुटबल प्रतियोगिताअन्तर्गत भोलि बिहान दुई खेल हुँदैछन् । दुवै खे...

यूरो कपः जर्मनीले स्विट्जरल्यान्ड र हंगेरीले स्कटल्यान्डको सामना गर्दै

इकागज | असार ९, २०८१

काठमाडौँ- जर्मनीमा जारी यूरो कप फुटबल प्रतियोगिताअन्तर्गत आज राति दुई खेल हुने तालिका रहेको छ । दुवै ...

क्रिस्टियानो रोनाल्डोलाई प्रशिक्षण दिन धेरै सजिलो छ : पल क्लेमेन्ट

इकागज | असार ८, २०८१

काठमाडौँ- पोर्चुगिज फुटबलर क्रिस्टियानो रोनाल्डोलाई सधैं विश्वको उत्कृष्ट खेलाडी मध्येको एक मानिए पनि उनी...