फुटबल

यू-२० एसियन कप छनोटका लागि नेपाल समूह 'बी' मा

इकागज | जेठ ३१, २०८१

काठमाडौँ- सन् २०२५ मा चीनमा आयोजना हुने एएफसी यू-२० एसियन कप फुटबल प्रतियोगिताको छनोटका लागि नेपाल समूह 'बी' मा परेको छ ।

एएफसीले बिहीबार सार्वजनिक गरेको 'ड्र' अनुसार नेपाल समूह 'बी' मा परेको हो । यस समूहमा उज्बेकिस्तान, बहराइन, चाइनिज ताइपेइ र कम्बोडिया पनि रहेका छन् ।

समूह 'बी' का खेलहरू चाइनिज ताइपेइमा हुने तालिका रहेको छ । छनोट खेलहरू सेप्टेम्बर २१ देखि २९ तारिखसम्म आयोजना हुने एएफसीले जनाएको छ ।

नेपालले पहिलो खेल कम्बोडियाविरुद्ध सेप्टेम्बर २१, दोस्रो खेल चाइनिज ताइपेइविरुद्ध सेप्टेम्बर २३, तेस्रो खेल उज्बेकिस्तानविरुद्ध सेप्टेम्बर २५ तथा चौथो खेल बहराइनविरुद्ध सेप्टेम्बर २७ मा खेल्ने तालिका रहेको छ ।

भिनिसियसमाथि रंगभेदी दुर्व्यवहार गर्ने भ्यालेन्सियाका समर्थक पक्राउ

इकागज | जेठ २९, २०८१

काठमाडौँ- स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड भिनिसियस जुनियरमाथि रंगभेदी दुर्व्यवहार गरेको आरोपमा स्पेनि...

मैत्रीपूर्ण फुटबलः इंग्ल्यान्ड पराजित, स्कटल्यान्ड र फिनल्यान्डको बराबरी

इकागज | जेठ २६, २०८१

काठमाडौँ- यूरो कपअघिको मैत्रीपूर्ण फुटबल खेलमा इंग्ल्यान्डले आइसल्यान्डसँग पराजय भोगेको छ । शुक्रबार र...