फुटबल

अस्ट्रेलिया फुटबल टिमकी कप्तान साम केरले पेरिस ओलम्पिक गुमाउने

इकागज | जेठ ८, २०८१

काठमाडौँ- अस्ट्रेलियाको महिला फुटबल टिमकी कप्तान साम केरले पेरिस ओलम्पिक गुमाउने भएकी छन् ।

एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) च्यातिएपछि अष्ट्रेलियन स्ट्राइकर साम केरले सन् २०२४ को पेरिस ओलम्पिकबाट आधिकारिक रूपमा बाहिरिएकी बीबीसीले जनाएको हो ।

जनवरीमा चेल्सीको प्रशिक्षण शिविरका क्रममा ३० वर्षीया केर घाइते भएकी थिइन् ।

अस्ट्रेलियाको प्रि-ओलम्पिक मैत्रीपूर्ण खेलका लागि टोली घोषणा गर्दै प्रशिक्षक टोनी गुस्ताभसनले केरले जुलाईमा हुने खेलहरूमा गुमाउने बताएका हुन् ।

केर अस्ट्रेलियाका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन्  । उनले १ सय २८ खेलमा ६९ गोल गरेकी छन् ।

भारतीय फुटबलर सुनिल क्षेत्रीले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्यास

इकागज | जेठ ३, २०८१

काठमाडौँ - भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका...

चेल्सीले ब्राइटन तथा म्यानचेस्टर युनाइटेडले न्यूकासलको सामना गर्दै

इकागज | जेठ २, २०८१

काठमाडौँ- इंग्लिस प्रिमियर लिगअन्तर्गत आज राति दुई खेल हुने तालिका रहेको छ । लिगअन्तर्गत चेल्सीले ब्रा...